सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एक महिनामै अर्थमन्त्रीको गाडीले खायो १ हजार लिटर तेल 

मंगलबार, भदौ २२ २०७८
एक महिनामै अर्थमन्त्रीको गाडीले खायो १ हजार लिटर तेल 

अर्थमन्‍त्रीको गाडीले एक महिनामै १ हजार ९ लिटर डिजेल खाएको छ। २०७८ सालको असार महिनामा अर्थमन्त्रीको गाडीका लागि अर्थ मन्त्रालयबाट १ हजार ९ लिटर इन्धनका लागि भुक्तानी भएको छ। 

काठमाडौं- अर्थमन्‍त्रीको गाडीले एक महिनामै १ हजार ९ लिटर डिजेल खाएको छ। २०७८ सालको असार महिनामा अर्थमन्त्रीको गाडीका लागि अर्थ मन्त्रालयबाट १ हजार ९ लिटर इन्धनका लागि भुक्तानी भएको छ। 

मन्त्रालय स्रोतका अनुसार मन्त्रीको एउटै गाडीका लागि यो रकम भुक्तानी भएको हो। 

यो हिसाबले एउटा गाडीका लागि दिनमा ३१.२५ लिटर डिजेल खपत भएको छ। काठमाडौं नजिकका जिल्लाबाहेक अन्यत्र गाडीमा नजाने मन्त्रीको गाडीका लागि २४ घण्टा गाडी गुड्दा पनि प्रतिघण्टा १.३० लिटर तेल खपत हुन पुग्छ। 

खर्चसम्बन्धि निर्देशिका बनाएर कार्यान्वयन गर्ने मन्त्रालयका मन्त्रीले नै तोकिएको कोटाबाहिर गएर इन्धन दुरुपयोग गरेका हुन्। 

गत असारमा विष्णु पौडेल २८ दिन र जनार्दन शर्मा ३ दिन मन्त्री थिए। स्रोतका अनुसार मन्त्रीको टोली परिवर्तन हुँदा दुवैले इन्धनको भुक्तानी लिएका छन्। 

अर्थ मन्त्रालयले नै बनाएको कार्यसंचालन निर्देशिका २०७५ ले गरेको व्यवस्था विपरित मन्त्रीका लागि इन्धन सुविधा दिइएको छ।  

निर्देशिकाअनुसार एउटा मन्त्रीका लागि महिनामा २०७ लिटर डिजेल/पेट्रोल सुविधा पाइन्छ। उपप्रधानमन्त्रीका लागि भने महिनामा ३०६ लिटर इन्धन पाइन्छ।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend