मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ललितपुरको कुसुन्तीमा एमजीकोे अत्याधुनिक सर्भिस सेन्टर

शुक्रबार, असार १ २०८०
ललितपुरको कुसुन्तीमा एमजीकोे अत्याधुनिक सर्भिस सेन्टर

ललितपुरको कुसुन्तीमा अवस्थित यस नयाँ सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोली रहेका छन्।

काठमाडौं- मोरिस ग्यारेज (एमजी)को लागि नेपालको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले ललितपुरको कुसुन्तीमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ। नेपाली ग्राहकहरुको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न यस सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ। 

सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरुलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीले भनाइ छ। ३२ हजार ८ सय ५६ वर्गफिट (६ रोपनी) को क्षेत्रमा फैलिएको यस सर्भिस सेन्टरमा विभिन्न सुविधाहरू रहेका छन्। 

यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरियाहरू, फराकिला वेटिङ लाउन्जहरू, कस्टमर सर्भिस डेस्कहरू, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सनहरू, पर्याप्त स्टोरेज स्थानहरू, प्रशासनिक अफिसहरू र अन्य विभिन्न सुविधाहरू उपलब्ध छन्। 

ललितपुरको कुसुन्तीमा अवस्थित यस नयाँ सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोली रहेका छन्। एमजीका गाडीहरूलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकताहरू प्रदान गर्न र ग्राहकहरुलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

mg kusunti.jpg

नयाँ सर्भिस सेन्टरको उद्घाटनको बारे प्यारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धता अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गरिएको बताए। यस सर्भिस सेन्टरले ग्राहकलाई विश्व–स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक र विशेषज्ञताका साथ एमजी गाडीहरु सर्भिस गरिनेमा विश्वस्त हुने उनको भनाइ छ। 

‘हाम्रो सर्भिस सेन्टरमा ११ बे, हाइ ईभी डाइग्नोसिस टुल, एक पटकमा ३ कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फ्लुक द्वारा निर्मित आइसोलेटेड टेस्टिङ टुलहरू लगायत एउटा डीसी चार्जर र एउटा एसी चार्जर छ,’ अर्यालले भने। 

नयाँ सर्भिस सेन्टरको उद्घाटनसँगै एमजीले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ गरेको छ। साथै आफ्ना ग्राहकहरूसँग बलियो सम्बन्ध कायम गर्ने र एमजीका नयाँ ग्राहकहरूलाई ब्रान्डमा स्वागत गर्दै लैजाने लक्ष्य राखेको छ। यस विशाल र सुविधायुक्त सर्भिस सेन्टरले ग्राहक सेवामा एमजीको उत्कृष्टतालाई स्पष्ट रूपमा झल्काउँदछ। 


प्रकाशित : शुक्रबार, असार १ २०८०१३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend