मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

खरिद रोकिएपछि प्राधिकरणमा ट्रान्सफर्मर अभाव, ३ हजार वटा तत्काल किनिदै

शुक्रबार, कात्तिक १९ २०७८
खरिद रोकिएपछि प्राधिकरणमा ट्रान्सफर्मर अभाव, ३ हजार वटा तत्काल किनिदै

नेपाल विद्युत प्राधिकरणले ३ हजार ट्रान्सफर्मर खरिदको अन्तिम तयारी गरेको छ। प्राधिकरणले १ अर्ब १५ करोड भन्दा बढी लागत बराबरको ३ हजार थान ट्रान्सफर्मर खरिद गर्न लागेको हो। 

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले तीन हजार ट्रान्सफर्मर खरिदको अन्तिम तयारी गरेको छ। प्राधिकरणले १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी लागत बराबरको तीन हजार वटा ट्रान्सफर्मर खरिद गर्न लागेको हो। 

प्राधिकरणसँग विगतमा १० देखि २० प्रतिशतसम्म ट्रान्सफर्मर सञ्चित रहने गरेको थियो। गत वर्ष कोरोना महामारी र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण ट्रान्सफर्मर खरिद गर्न नसकेको प्राधिकरणले जनाउँदै आएको थियो। गत वर्षदेखि नै खरिदमा समस्या आएपछि अहिले 'स्टक' शून्य रहेको छ। 

जसका कारण चितवन भरतपुरमा गत मंगलबार सवस्टेशनमा समस्या आउँदासमेत विद्युत आपूर्तिमा समस्या आएको थियो। जसको लागि ट्रान्सफर्मर पोखराबाट झिकाइएको थियो । 

जसका लागि नेपाली आपूर्तिकर्ता नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)सँग सम्झौता भएर नेपाल आउने चरणमा रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन्।  

घिसिङ दोस्रो पटक आएपछि सिस्टम अपग्रेड गर्नका लागि भन्दै द्रुतगतिमा ट्रान्सफर्मर खरिदलाई अगाडि बढाएका छन्। 

ट्रान्सफर्मरको अभावका कारण विग्रेको स्थानमा समेत तुरुन्त मर्मतमा समस्या भएकोले तीन हजार वटा तत्काल ल्याउनका लागि द्रुत गतिमा काम भइरहेको समेत घिसिङले जानकारी दिए। 

‘निक र प्राधिकरणको सम्झौता भइसकेको छ, निकले नेपाल ल्याउने प्रक्रिया समेत सुरु गरेकोले छिट्टै नेपाल आउने छ,’ घिसिङले भने।

यति ठूलोसंख्याको आपूर्ति गर्न लागेको पहिलो पटक हो। चीन र भारतबाट प्रस्ताव आएको भए पनि प्राधिकरणले निकलाई जिम्मा दिएको छ।  

प्राधिकरणको सम्झौतामा १० महिनाभित्र सबै आपूर्ति गर्ने र कम्तीमा तीन महिनाभित्रमा सुरु गर्नुपर्ने सर्त राखिएको छ। प्राधिकरणलाई अबको ३ वर्षभित्र १० हजार ट्रान्सफर्मरको अवस्यकता पर्ने समेत घिसिङले जानकारी दिएका छन्। १ अर्ब १५ करोड भन्दा बढी रुपैयाँ पर्ने अनुमान गरिएको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend