मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भन्सार छल्न एउटा सिट थप गर्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिटसम्मका विद्युतीय भ्यानमा एउटै महसुल : अर्थमन्त्री महत

सोमबार, जेठ २९ २०८०
भन्सार छल्न एउटा सिट थप गर्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिटसम्मका विद्युतीय भ्यानमा एउटै महसुल : अर्थमन्त्री महत

विगतमा १० सिटसम्मका ठूला आकारका विद्युतीय साधनमा १० प्रतिशत भन्सार महसुल लाग्ने र ११ सिट देखि १४ सीटसम्मका माइक्रो वसमा १ प्रतिशत  मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो।

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छल्न एउटा सिट थप गर्ने चोरबाटो बन्द गर्न १० देखि १४ सिट क्षमताका विद्युतीय सवारीमा एउटै दर लगाएको बताएका छन्।

१० सिट क्षमतासम्मका विद्युतीय सवारीमा १० प्रतिशत तर ११ देखि १४ सिटमा जम्मा १ प्रतिशत महसुल लाग्ने भएपछि व्यवसायीहरूले सिट थपेर आयात गरेकाले त्यसलाई व्यवस्थित गर्न १० देखि १४ सिटसम्मको सवारीमा एउटै कर लगाइएको डा. महतले बताएका हुन्।

विगतमा १० सिटसम्मका ठूला आकारका विद्युतीय साधनमा १० प्रतिशत भन्सार महसुल लाग्ने र ११ सिट देखि १४ सिटसम्मका माइक्रो वसमा १ प्रतिशत  मात्र भन्सार महसुल लाग्ने व्यवस्था थियो।

सवारी साधनमा रहेको १ सिटको फरको आधारमा कायम रहेको महसुल दरलाई योजनाबद्ध रुपमा छलि गर्नका लागि २ सिट अतिरिक्त फोल्डिङ सिट थप गरी ११ सिट बनाई अधिकांश सवारी साधन पैठारी गर्ने गरेको पाइएकोले १४ सिटसम्मका साधनमा लाग्ने महसुल दरसमेत एउटै प्रस्ताव गरिएको मन्त्री महतको जिकिर छ।

'अहिले पनि फोसिल फ्युलमा आधारित साधनमा लाग्ने महसुलभन्दा विद्युतीय सवारी साधनमा लाग्ने महसुल अत्याधिक कम रहेको छ। साथै बस र मिनिबसमा लाग्ने महसुलको दरमा कुनै पनि परिवर्तन गरिएको छैन' मन्त्री महतले सोमबार संसदमा बजेट माथि उठेका प्रश्नको जवाफ दिँदै भने। 

चीनबाट आयात हुँदै आएका यस्ता विद्युतीय भ्यानमा फोल्डिङ सिटलाई गणना गरेर न्युन भन्सारमा छुटेको थाहा पाएपछि तातोपानी भन्सारले कानूनअनुसार त्यस्तो सिट गणना गर्न नसकिने निर्णय गरेको थियो। त्यसयता फोल्डिङ सिट गणना भएको छैन। 


प्रकाशित : सोमबार, जेठ २९ २०८००९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend