आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

इप्पान निर्वाचन : गणेश कार्की नेतृत्वको समूहले गर्‍यो उम्मेद्‌वारी घोषणा

सोमबार, जेठ २९ २०८०
इप्पान निर्वाचन : गणेश कार्की नेतृत्वको समूहले गर्‍यो उम्मेद्‌वारी घोषणा

इप्पानको साधारण सभा यही जैठ ३२ गते हुँदैछ। सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। 

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको निर्वाचनका लागि गणेश कार्की नेतृत्वको समूहले उम्मेद्‌वारी घोषणा गरेको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कार्की नेतृत्वको समूहले उम्मेद्‌वारी घोषणा गरेको हो। 

कार्की नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षहरूमा आशिष गर्ग, उत्तम भ्लोन लामा, आनन्द चौधरी, भरत खत्री र राम आचार्य छन्। यस्तै, महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाश दुलाल, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थ र सचिवहरूमा भरत खड्का, विक्रम बिष्ट, कविता कँडेल र अविज्ञा मल्लले उम्मेद्‌वारी घोषणा गरेका छन्। 

उम्मेद्‌वारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेद्‌वार कार्कीले अहिले ऊर्जा उत्पादकहरूले विभिन्न समस्या भोगिरहेकाले यसको समाधानका लागि पहल गर्न आफूले अध्यक्षमा उम्मेद्‌वारीको घोषणा गरेको बताए। उनले अहिले लाइसेन्स लिएदेखि बिजुली उत्पादन पछिसम्म पनि विद्युत आयोजनाले समस्या भोग्नुपरिरहेको, प्रसारण लाइन नहुँदा विद्युत् खेर गइरहेको, विद्युत् निर्यातका लागि प्रसारण संरचना पर्याप्त नभएकाले यसको पहल गर्ने प्रतिबद्धता जनाए।  

सरकारले खोलेको पीपीए पनि एकदमै न्यून भएको उनको भनाइ छ। ‘१५०० मेगावाट पीपीए खोलेको छ, ११ हजार मेगावाटका आयोजना पाइपलाइनमा छन्। कहिले पीपीए गर्ने?,’ उनले प्रश्न गरे।

साथै उनले प्रसारण लाइन नहुँदा बिजुली खेर गइरहेको बताए। ‘वनले १० वर्षसम्म स्वीकृति दिँदैन। उता विभागले ५ वर्षको लाइसेन्स दिएको हुन्छ। ५ वर्षभित्र काम नभएर लाइसेन्स खारेज हुन्छ,’ उनले भने,’ यस्ता धैरै समस्याहरु समाधान गर्नुपर्ने छ।’

भूमि मन्त्रालयसँग आफ्नै खालका समस्याहरु रहेको उनको भनाइ छ। बर्खामा ३००० मेगावाट जडित क्षमता पुग्दैछ। सरप्लस विद्युत् भारतमा बेच्न नसके ठूलो समस्या हुने उनले बताए।

कतिपय आयोजना निर्माण भए पनि प्रसारणलाइनका अभावमा राष्ट्रिय प्रणालीमा जोडिन पाएका छैनन्। दोर्दी करिडोरमा यो समस्या छ। त्यस्ता विभिन्न समस्या समाधनका काम गर्नका लागि आफूले उम्मेद्‌वारी दिएको उनको जिकिर छ।

उम्मेद्‌वारी घोषणा कार्यक्रममा पूर्वराज्यमन्त्री तथा ऊर्जा उद्यमी उमेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुश कुमार जोशी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाई र वर्तमान अध्यक्ष कृष्ण आचार्य लगायत सहभागी छन्।

इप्पानको साधारण सभा यही जैठ ३२ गते हुँदैछ। सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। जेठ २५ गतेसम्म नविकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन्।


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend