सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कुन सडक आयोजनालाई कति बजेट?

मंगलबार, जेठ ३० २०८०
कुन सडक आयोजनालाई कति बजेट?

देशभरका निर्माणाधीन भौतिक पूर्वाधारका लागि कार्यक्रमगत बजेट तथा कार्यक्रम मन्त्रालयले तयार पारेको छ। मन्त्रालयले स्थानीयस्तरका साना टुक्रे आयोजनालाई पनि बजेट विनियोजन गरेको छ। 

काठमाडौं- आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ३४ अर्ब बजेट विनियोजन गरेको छ। 

मन्त्रालयगत रुपमा सबैभन्दा धेरै विनियोजन भएको भौतिकको बजेट चालु वर्षको तुलनामा न्यून हो। 

देशभरका निर्माणाधीन भौतिक पूर्वाधारका लागि कार्यक्रमगत बजेट तथा कार्यक्रम मन्त्रालयले तयार पारेको छ। मन्त्रालयले स्थानीयस्तरका साना टुक्रे आयोजनालाई पनि बजेट विनियोजन गरेको छ। 

मुख्य आयोजनागत रुपमा मन्त्रालयले विनियोजन गरेको बजेट यस्तो छ : 

- प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नतिका लागि १७ करोड ५० लाख

- अरुण करिडोरका लागि १५ करोड

- बुटवल लिंक रोड सडक बाईपासका लागि २ करोड

- मदन भण्डारी राजमार्ग (बाहुनडाँगी देखि रुपालसम्म) २ अर्ब ४१ करोड ३ लाख

- सडक सुधार आयोजनाका लागि  ४ अर्ब ८४ करोड ३ लाख ११ आयोजना

- पुष्पलाल राजमार्ग ३ अर्ब ९५ करोड ७५ लाख ६ वटा खण्ड

- नेपालगञ्ज- सुर्खेत-दैलेख बजार- महावुलेक-गाल्जे भात्तडी, रतडा-नाग्म-गमगढी-नाक्चेलाग्ना ५० करोड १ लाख

- उत्तर दक्षिण राजमार्ग (कर्णाली,कालीगण्डकी र कोशी) ३ अर्ब ६० करोड ६९ लाख रुपैयाँ ७ वटा कार्यालय

- काठमाडौं सडक विस्तार आयोजना ८ करोड ३९ लाख

- स्थानीय सडक पुल निर्माणका लागि ४ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ १३ सय आयोजना

- रणनैतिक सडक पुलहरुको विस्तृत संभाव्यता अध्ययन का लागि ३५ करोड

- हुलाकी राजमार्ग ( पुलहरु समेत) ३ अर्ब ४८ करोड ९० लाख रुपैयाँ

- औद्योगिक कोरिडोर ( व्यापारिक मार्ग) विस्तार आयोजना  २९ करोड ९४ लाख

- रणनैतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण २ अर्ब २४ लाख ७ सय ७ वटा आयोजना

- सडक तथा ट्राफिक सुरक्षा  १९ करोड ६ लाख

- राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना का लागि  ३ अर्ब ७८ करोड ५१ लाख रुपैयाा १ सय २२ वटा आयोजना

- सासेक सडक सुधार आयोजना ७ अर्ब ५९ करोड ७८ लाख ३ वटा कार्यालय

- सासेक राजमार्ग सुधार आयोजना ७ अर्ब ३१ करोड ९७ लाख

- क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजना ११ अर्ब ६ करोड ९७ लाख रुपैयाँ

- सुरुङ मार्ग विकास कार्यक्रममा लागि १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ

- वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम ५ अर्ब १७ करोड ५० लाख ३ सय २ आयोजना

- सासेक मुग्लिंग पोखरा सडक योजना ५ अर्ब ४१ करोड ७० लाख

- काकरभिट्टा इनरुवा, पथलैया नारायणघाट खण्ड ४ अर्ब १८ करोड ९० लाख

- निर्वाचन क्षेत्र रणनैतिक सडक १ अर्ब ७४ करोड

- राप्ती लोकमार्ग ९० करोड

- पूर्व दक्षिण एसियाको यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रम ५ अर्ब ५७ करोड ६ लाख

- रेल मेट्रोरेल तथा मोनोरेल विकास आयोजना १ अर्ब १ लाख रुपैयाँ

- वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम प्रदेशबाट कार्यान्वयनका लागि ९४ करोड ५० लाख 


प्रकाशित : मंगलबार, जेठ ३० २०८००३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend