मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एमजी जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक, बजेटपछि ५० हजार बढ्यो

आइतबार, जेठ २८ २०८०
एमजी जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक, बजेटपछि ५० हजार बढ्यो

योसँगै जेडएस ईभी डिलक्सको नयाँ मूल्य ५२ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। 

काठमाडौं- एमजी माटर्सको नेपालका लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक गरेको छ।आगामी आवको बजेटमार्फत सरकारले विद्युतीय कारको कर बढाएको थियो। 

कम्पनीले ५ प्रतिशत भन्सार बढेर १५ प्रतिशत र १० प्रतिशत अन्त:शुल्क बढ्दा जेडएस ईभीको मूल्य ५० हजार रुपैयाँमात्र बढाएको हो। योसँगै जेडएस ईभी डिलक्सको नयाँ मूल्य ५२ लाख ९९ हजार रुपैयाँ कायम भएको छ। 

कम्पनीले यसअघि जेडएस ईभी डिलक्स ५२ लाख ४९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको थियो। एजमीले नयाँ मूल्या ल्याएसँगै ५० किलोवाटदेखि १०० किलोवाट सेग्मेन्टमा आउने अन्य ब्राण्डका ईभी माथि थप दबाब बढाएको छ।

यो सेग्मेन्टमा ईभी बिक्री गर्दै आएका कम्पनीले १० प्रतिशत हाराहरी मूल्य बढाउने अनुमान गरिएको थियो। तर एमजीले लगभग पुरानै सहर मूल्य राखेको छ। सरकारले ५० देखि १०० किलोवाट क्षमता भएका ईभीमा ५ प्रतिशत भन्सार बढाएको र १० प्रतिशत अन्तःशुल्क थप गरेको थियो।

एमजी जेडएस ईभीमा ५१.१ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक दिएको छ। साथै यसमा ९९ किलोवाट आवरको मोटर जडान गरिएको छ। एमजीले जेडएस ईभी स्ट्यान्डर्ड भेरियन्टको भने नयाँ मूल्य सार्वजनिक गरिसकेको छैन। 

१० लाख रुपैयाँ घट्यो लङ रेन्ज 

एमजी जेडएस ईभीको लङ रेन्ज मोडलको मूल्य १० लाख रुपैयाँले घटेको छ। यसअघि ८१ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको लङ रेन्ज जेडएस ईभीको मूल्य सरकारले भन्सार र अन्तःशुल्क घटाएसँगै १० लाख रुपैयाँले घटेको हो।

सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत १०० किलोवाटदेखि २०० किलोवाट क्षमताका मोटर जडान भएका ईभीमा १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क घटाएसँगै लङ रेन्ज जेडएसको मूल्य घटाइएको पारामाउन्ट मोटर्सले जनाएको छ। 

एक पटकको फुल चार्जमा ४ सय ४० किलोमिटर रेन्ज पाइने जेडएस ईभीको लङ रेन्ज मोडलमा ७२.६ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहेको छ।


प्रकाशित : आइतबार, जेठ २८ २०८००५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend