मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

४८ घन्टापछि चितवन भरतपुरमा विद्युत आपूर्ति

images
बिहीबार , कात्तिक १८ २०७८
images
४८ घन्टापछि चितवन भरतपुरमा विद्युत आपूर्ति

चितवनको अवरुद्ध विद्युत आपूर्ति बुधवार मध्यरातबाट सुरु भएको छ। भरतपुर सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउसोदेखि विद्युत आपूर्ति बन्द भएको थियो।

images
images

काठमाडौ- चितवनको अवरुद्ध विद्युत आपूर्ति बुधवार मध्यरातबाट सुरु भएको छ। भरतपुर सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउसोदेखि विद्युत आपूर्ति बन्द भएको थियो।

images
images
images

बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने  लागेको थियो। 

images
images

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मत कार्यको स्थलगत निरीक्षण गरी काम छिटो सक्न निर्देशन दिएका थिए।   

images
images

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न निर्देशन दिएका थिए। 

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो। सबस्टेसनमा रहेको अर्को ट्रान्सफर्मरमा मंगलबार दिउसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो । 

अहिले सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएका थिए। 

 


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend