आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

इप्पानको निर्वाचन : जेठ ३० मा मनोनयन दर्ता, ३२ गते नयाँ नेतृत्व

शनिबार, जेठ २७ २०८०
इप्पानको निर्वाचन : जेठ ३० मा मनोनयन दर्ता, ३२ गते नयाँ नेतृत्व

५ जना उपाध्यक्षका लागि ८ जनाभन्दा धेरै आकांक्षी देखिएका छन्।

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समितिले निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ।

जेठ २९ गतेदेखि सुरु हुने निर्वाचनका कार्यक्रम जेठ ३२ गते नयाँ नेतृत्वलाई प्रमाणपत्र दिएपछि सम्पन्न हुनेछन्। नेतृत्वका लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लले प्रतिस्पर्धा गर्दैछन्। कार्कीलाई पूर्वअध्यक्षदेखि वर्तमान कार्यमसितिसम्मले समर्थन गरेका छन्। उनको प्यानलबाट चुनाव लड्नको लागि धेरैले इच्छा देखाएका छन्।

५ जना उपाध्यक्षका लागि ८ जनाभन्दा धेरै आकांक्षी देखिएका छन्।

अध्यक्षका अर्का प्रत्यासी मल्लले भने कुनै टिम बनाउन सकेका छैनन्। उनले एक्लै अध्यक्षमा उम्मेदवारी दिने उनी निकट व्यवसायीहरूले बताएका छन्। कार्की प्यानलबाट भने वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, महासचिवमा बलराम खतिवडा र उप-महासचिवमा प्रकाश दुलालले प्रतिस्पर्धा गर्दैछन्।

५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई.आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन्। यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन्। कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्दैछन्।

सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिश बहादुर पाललगायत प्रतिस्पर्धामा छन्। सदस्यका अधिकांस प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दैछन्।

महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।


प्रकाशित : शनिबार, जेठ २७ २०८०१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend