मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

भारतसँगै बंगलादेशतर्फ समेत विद्युत निर्यातको बाटो खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १७ २०७८
भारतसँगै बंगलादेशतर्फ समेत विद्युत निर्यातको बाटो खुल्यो

ह्वीलिङ चार्ज, क्रर बोडर इलेक्ट्रिसिटी ट्रेड गाइडलाइन बनाउन र विस्तार गर्नमा पनि सम्बन्धित निकायद्वार युद्धस्तरमा काम गर्न माग गर्दै विद्युत व्यापारमा निजी क्षेत्रको समेत सहभागिता गराउन ईपानले भनेको छ। 

काठमाडौं- भारतमा विद्युत बिक्री गर्न पाएको अनुमतिको स्वतन्त्र ऊर्जा उत्पादक संघ (ईपान) ले स्वागत गरेको छ।

कात्तिक १६ गते भारतको विद्युत मन्त्रालयको सहमतिमा भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा पहिलो पटक नेपालको विद्युत बिक्रीको अनुमति पाएको विषयलाई इमानले स्वागत गरेको हो। 

नेपालको जलविद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति प्राप्त गर्न पहल कदमी गर्ने नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, नेपाल विद्युत नियमन आयोग, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय लगायतको ईपानले प्रशंसा गरेको छ।  

साथै नेपालको जलविद्युत क्षेत्रलाई व्यवस्थित र मर्यादित तरिकाले विकास र विस्तार गरी बढीभन्दा बढी जलविद्युत उत्पादन गरी स्वेदश तथा विदेशमा विभिन्न माध्यमबाट बिक्री गर्न आवश्यक नियम कानूनहरू छिटो निर्माण गरी, विद्युत व्यापारको राजमार्ग ट्रान्समिसन लाइनको विकास गर्न ईपानले सरकारलाई आग्रह गरेको छ। 

ह्वीलिङ चार्ज, क्रर बोडर इलेक्ट्रिसिटी ट्रेड गाइडलाइन बनाउन र विस्तार गर्नमा पनि सम्बन्धित निकायद्वार युद्धस्तरमा काम गर्न माग गर्दै विद्युत व्यापारमा निजी क्षेत्रको समेत सहभागिता गराउन ईपानले भनेको छ। 

भारतबाट सुरु भएको विद्युत निर्यातको ढाका अब बंगलादेश निर्यात गर्नेतर्फ समेत बाटो खुलेको ईपानले जनाएको छ। 


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend