मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

४ वर्षभन्दा कम समयमा कियाले बेच्यो ५ लाख सेल्टोस

बुधबार, जेठ २४ २०८०
४ वर्षभन्दा कम समयमा कियाले बेच्यो ५ लाख सेल्टोस

भारतको आन्द्र प्रदेशस्थित अनन्तपुरमा रहेको प्लान्टबाट उत्पादित किया सेल्टोस भारतसँगै नेपाललगायत अन्य देशहरुमा पनि निर्यात हुँदै आएको छ। 

काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी कियाले भारतमा उल्लेख्य प्रगति गरेको छ। अमेरिकी कम्पनीहरु बाहिरिरहेको अवस्थामा उत्पादन प्लान्टसहित भारत आएको कियाले ४ वर्षभन्दा कम समयमा ५ लाख वटा सेल्टोस कार बिक्री गरेको हो। 

किया इन्डियाले सोमबार भारतीय बजारमा ४६ महिनामा ५ लाख वटा सेल्टोस बिक्री भएको घोषणा गरको हो। पाँच सिट क्षमताको यो मिडसाइज एसयूभी भारतमा उच्च बिक्री हुने कारको सूचीमा छोटो समयमै पुग्न सफल भएको छ। 

किया इन्डियाले २०१९ को अगस्टमा भारतमा सेल्टोस एसयूभी सार्वजनिक गरेको थियो। भारतको आन्द्र प्रदेशस्थित अनन्तपुरमा रहेको प्लान्टबाट उत्पादित किया सेल्टोस भारतसँगै नेपाललगायत अन्य देशहरुमा पनि निर्यात हुँदै आएको छ। 

कियालाई भारतमा छोटो समयमा पाँचौं ठूलो कार उत्पादकका रुपमा स्थापित गर्न एसयूभी सेगमेन्कै महत्वपूर्ण भूमिका रहेको छ। कियाको कुल बिक्रीमा सेल्टोसको योगदान ५५ प्रतिशत रहेको छ, यो भारतको आन्तरिक बजार र निर्यात दुवैमा हो। 

किया सेल्टोस मध्यपूर्व, अफ्रिका, अकेरिका, मेक्सिको र एसियाप्यासिफिक क्षेत्रका १ सय देशभन्दा बढी देशमा निर्यात हुँदै आएको छ। ४६ महिनामा कियाले भारतबाट १ लाख ३५ हजार ८ सय ८५ वटा कार निर्यात गरेको हो। 

किया सेल्टोस १.५ लिटर एनए फोर सिलिन्टर पेट्रोल इन्जिनमा रहेको र १ सय १५ पीएस पावर र १ सय ४४ एनएम टर्क रहेको छ। त्यस्तै १.५ लिटर फोर-पट डिजेल इन्जिनयुक्त कारले १ सय १६ पीएस पावर र २ सय ५० एनएम टर्क जेनेरेट गर्छ। 

कियाको सेल्टोस एसयूभी नेपाली बजारमा पनि उपलब्ध रहेको छ। कन्टिनेन्टल ट्रेडिङले उपलब्ध गराउँदै आएको छ। आकर्षक डिजाइन र शक्तिशाली इन्जिनसहित उपलब्ध किया सेल्टोस धेरैको रोजाइमा रहेको छ। 


प्रकाशित : बुधबार, जेठ २४ २०८००६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend