मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सांग्रिला मोटर्सद्वारा सिट्रोन ई सीथ्रीको बुकिङ खुला, यस्तो छ मूल्य, रेन्ज र विशेषता 

सोमबार, जेठ २२ २०८०
सांग्रिला मोटर्सद्वारा  सिट्रोन ई सीथ्रीको बुकिङ खुला, यस्तो छ मूल्य, रेन्ज र विशेषता 

ई सीथ्री १० बाट ८० प्रतिशत चार्ज हुने जम्मा ५७ मिनेट लाग्ने छ। यसका लागि डीसी चार्जर आवश्यक पर्नेछ। घरमा हुने चार्जरबाट ई सीथ्री १० बाट सय प्रतिशत पुग्न साढे १० घण्टा लाग्नेछ।

काठमाडौं- सिट्रोनले नेपाली बजारमा आफ्नो विद्युतीय कार ई सीथ्री ल्याउने तय गरेको छ। ई सीथ्री नेपाल ल्याउने तयभएसँगै बुकिङ खुला गरिएको छ। 

सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सिट्रोन ई सीथ्रीको बुकिङ खुला गरेको हो। कम्पनीले ह्याचब्याक सेगमेन्टको यो विद्युतीय कारको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले विश्व वातावरण दिवसको अवसर पारेर ई सीथ्रीको बुकिङ खुलाएको हो। 

फ्रेन्च कार ब्रान्ड सिट्रोनले भारतीय बजारलाईै लक्षित गरेन नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। उक्त विद्युतीय कार बारे भारत तथा नेपाली बजारमा चर्चा भइरहेको छ। भारतमा रहेका सवारी उत्पादकहरुले विद्युतीय कार उतपादनलाई प्राथमिकतामा राखेका छन्। 

सिट्रोनले सार्वजनिक गरेको ई सीथ्री विद्युतीय कार आईसी इन्जिनयुक्त सीथ्रीकै प्लेटफर्ममा बनेको हो। भारतमा टाटा मोटर्सले उत्पादन गरेको टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने गरि सिट्रोन ई सीथ्री आएको हो। 

ई सीथ्रीमा आईसी इन्जिनको तुलनामा ग्राउन्ड क्लियरेन्स भने १० एमएम कम हुनेछ। आईसी इन्जिनयुक्त सीथ्रीमा १ सय ८० एमएम ग्राउन्ड क्लियरेन्स छ भने ई सीथ्रीमा १ सय ७० एमएममात्र ग्राउन्ड क्लियरेन्स हुनेछ। ग्राउन्ड क्लियरेन्स कम हुनेको कारण ब्याट्री प्याकको एडजस्टमेन्ट भएको कम्पनीले जनाएको छ। 

सांग्रिला मोटर्सले अघिल्लो महिनामात्र सीथ्री नेपाली बजारमा सार्वजनिक गरेको थियो। कम्पनीले सिट्रोनको विद्युतीय कार ई सीथ्रीको बुकिङ खुला गरेकाले अबको केही दिनभित्रै उक्त कार नेपाली बजारमा उपलब्ध हुनेछ। 

ई सीथ्रीमा पनि आईसी इन्जिनमा जस्तै ३ सय १५ लिटरको बुट स्पेस हुनेछ। त्यस्तै ई सीथ्रीमा १०.२ इन्जिनको एप्पल कारप्लेर र एन्ड्रोइड अटोसहितको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ। सिट्रोन ई सीथ्रीमा २९.२ केडब्लूएचको ब्याट्री प्याक रहेको र यसमा ३.३ केडब्लूको एसी चार्जर आउने छ।

ई सीथ्री १० बाट ८० प्रतिशत चार्ज हुने जम्मा ५७ मिनेट लाग्ने छ। यसका लागि डीसी चार्जर आवश्यक पर्नेछ। घरमा हुने चार्जरबाट ई सीथ्री १० बाट सय प्रतिशत पुग्न साढे १० घण्टा लाग्नेछ।

यो कारले एक पटकको फुल चार्जमा ३ सय २० किलोमिटर रेन्ज दिने दाबी सिट्रोनले गरेको छ। ई सीथ्रीमा भएको एउटा मोटरले ५७ एचपी पावर र १ सय ४३ एनएम टर्क दिनेछ। त्यस्तै यो कारले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमा तय गर्नेछ भने अधिकतम गति १ सय ७ किलोमिटर प्रतिघण्टा रहेको छ। 


प्रकाशित : सोमबार, जेठ २२ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend