आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

माथिल्लो तामाकोशीको बिजुली खरिद नगरेको भन्दै नेपाल पक्षले भारतसँग राख्यो असहमति

बिहीबार , जेठ १८ २०८०
माथिल्लो तामाकोशीको बिजुली खरिद नगरेको भन्दै नेपाल पक्षले भारतसँग राख्यो असहमति

भारतका प्रतिनिधिहरूले भने यो विषय नोट गरेको र आफूहरू सकारात्मक रहेको जवाफ दिएका छन्। 

काठमाडौं- माथिल्लो तामाकोशी आयोजनाको विद्युत खरिद नगरेकोमा नेपालले भारतसँग गम्भीर आपत्ति जनाएको छ। ४ सय ५६ मेगावाट माथिल्लो तामाकोशीमा चिनियाँ लगानी रहेको भन्दै भारतले विद्युत खरिदमा आनाकानी गर्दै आइरहेको छ। 

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसहित ऊर्जासम्बद्ध प्रतिनिधिहरूसमेत भारत भ्रमणमा सहभागी छन्। भारतीय पक्षसँग वार्ताको क्रममा नेपालले तामाकोशीमा नेपालको नै लगानी रहेको र ठेकेदारमात्रै चिनियाँ रहेको बताएका थिए। यस्तो अवस्थामा पनि चिनियाँ पक्षलाई जोडेर  आयोजनाको बिजुली खरिद नगरेकोमा नेपाली पक्षले आपत्ति जनाएका हुन्।

भारतका प्रतिनिधिहरूले भने यो विषय नोट गरेको र आफूहरू सकारात्मक रहेको जवाफ दिएका छन्। 


प्रकाशित : बिहीबार , जेठ १८ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend