मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आन्दोलित कर्मचारीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत आपूर्ती आजबाट बन्द गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १७ २०७८
आन्दोलित कर्मचारीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत आपूर्ती आजबाट बन्द गर्ने

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेका कर्मचारीहरुले विद्युत आपूर्तीनै रोक्ने निर्णय गरेका छन्।

काठमाडौ- माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेका कर्मचारीहरुले विद्युत आपूर्तीनै रोक्ने निर्णय गरेका छन्।

४५६ मेगावाटको क्षमताको आयोजनामा कार्यरत करार कर्मचारीहरुले स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका हुन्। उनीहरुले आज बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन्।

आयोजना व्यवस्थापनसँग यसअघि भएको सहमतिअनुसार करारका कर्मचारीलाई स्थायी नगरी ज्यालादारी कर्मचारी भर्ना गर्न प्रक्रिया अघि बढाएको भन्दै माथिल्लो तामाकोसी स्वतन्त्र कर्मचारी युनियनले भोलिदेखि आयोजनाका सबै प्लान्टबाट उत्पादन ठप्प पार्ने निर्णय गरेको हो ।

आन्दोलित कर्मचारीसँग केही दिनदेखि वार्ता भइरहेपनि भंग गरेर युनियनले आफ्नो पूर्वघोषित कार्यक्रमअनुसार बुधबारबाट प्लान्ट बन्द गर्ने निर्णय गरेको छ । तिहारमै महत्वपूर्ण आयोजना बन्द हुने भएपछि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आन्दोलनमा सहभागी नहुन र काममा फर्किन कर्मचारीलाई विज्ञप्तिमार्फत आग्रह गरेको  छ।

तामाकोशी हाइड्रोपावर लिमिटेडले कर्मचारीले आन्दोलन गरेर उत्पादन बन्द गराएमा कानुनअनुसार कडा कारवाही चेतावनी दिएको छ। विद्युत् अत्यावश्यक सेवा भएकाले हड्ताल गरेर सेवा अवरुद्ध गरे ६ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था रहेको कम्पनीले स्मरण गराएको छ।

कम्पनीले तिहार पर्वमै लक्षित गरेर गरिएको आन्दोलन तुरून्तै फिर्ता लिन आग्रह गरेको छ। वार्तामार्फत नै समस्याहरुको निकास खोजिने भन्दै कर्मचारीलाई धम्क्याएर ड्युटी गर्न नदिनेजस्ता गैरकानुनी काममा संलग्न नहुन र युनियनको घोषित कार्यक्रममा सहभागी नहुन सबै कर्मचारीलाई अनुरोध गरेको छ।

tamakoshi.jpg


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०१:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend