सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एकै पटक २३ निर्माण कम्पनी कालोसूचीमा 

बुधबार, जेठ १७ २०८०
एकै पटक २३ निर्माण कम्पनी कालोसूचीमा 

यी कम्पनीलाई १ देखि ३ वर्षसम्म का लागि कालोसूचीमा राखिएको हो। 

काठमाडौं- सरकारले समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। स्पष्टीकरणको मौकामा चित्तबुझुदो जवाफ नदिएपछि २३ निर्माण कम्पनी तथा सप्लायर्सलाई एकै पटक कालोसूचीमा राखिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचनामार्फत ती २३ निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राखेको हो। यी कम्पनीलाई १ देखि ३ वर्षसम्म का लागि कालोसूचीमा राखिएको हो। 

कलोसूची अवधिभर यस्ता निर्माण कम्पनी तथा सप्लायर्सले सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्। समयका काम नगर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई सम्बन्धित सरकारी निकायले लेखि पठाउने र त्यस उपर थप बुझेर सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने व्यवस्था रहेको छ। 

kalosuchi.PNG


प्रकाशित : बुधबार, जेठ १७ २०८००५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend