मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बढ्यो भाडाका सवारी साधनमा आयकर, कस्ता सवारीले कति तिर्ने?

मंगलबार, जेठ १६ २०८०
बढ्यो भाडाका सवारी साधनमा आयकर, कस्ता सवारीले कति तिर्ने?
फाइल तस्बिर

काठमाडौं- सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ। कार, जिप, भ्यान, माइक्रोबसमा १३०० सीसीसम्म ४ हजार आयकर लाग्नेमा अब ५ हजार ५०० लाग्ने भएको छ।

यस्तै १३०१ देखि २००० सीसीसम्म ४ हजार ५ सय  रहेको आयकर अब ६ हजार पुगेको छ। २ हजार १ सीसीदेखि २९०० सीसीसम्मसवारी दर्ता नवीकरण गर्दा ५ हजार लाग्ने आयकर बढेर ६ हजार ५ सय रुपैयाँ बनाइएको छ।

२९०१ सीसीदेखि ४ हजार सीसीसम्मको सवारी दर्ता वा नवीकरण गर्दा लाग्ने आयकर ६ हजारबाट बढेर ८ हजार भएको छ। यसैगी ४ हजार सीसी भन्दा माथिकोमा दर्ता नवीकरण गर्दा लाग्ने आयकर ७ हजारबाट बढेर ९ हजार,मिनी बस, मिनी ट्रक र पानी ट्यांकर सवारी दर्ता तथा नवीकरण गर्दा लिने आयकर ६ हजारबाट बढेर ८ हजार मिनी टिपरको  ७ हजारबाट ९ हजार, बसको ८ हजारबाट १० हजार ५ सय, डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेनको १२ हजारबाट  १५ हजार ५ सय, तेल ट्यांकर ग्यास बुलेट, टिपरको १२ हजारबाट १५ हजार ५ सय, ट्याक्टरको  २ हजारबाट  २ हजार ५ सय, पावर टिलरको १ हजार ५ सय बाट २ हजार, अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोको २ हजारबाट २ हजार ५ सय रुपैयाँ बनाएको छ।

यसैगरी विद्युतीय सवारी साधनको हकमा ५० किलोवाटसम्मको विद्युतिय सवारी साधनमा ३ हजार, ५० देखि १२५ किलोवाटसम्म ४ हजार, १२५ देखि २०० किलोवाटसम्म ६ हजार र २०० किलोवाटमाथि ७ हजार ५ सय रुपैयाँ आयकर सीमा तोकेको हो।

नयाँ लागु हुने आयकर

high.jpg

high a.jpg


प्रकाशित : मंगलबार, जेठ १६ २०८०००:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend