आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच

सोमबार, जेठ १५ २०८०
दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच

काठमाडौं- सरकारले दुईवर्ष भित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ। 

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका छन् ।

अहिलेसम्म ९५ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत् पुगेको छ। 


प्रकाशित : सोमबार, जेठ १५ २०८०१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend