मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

तिहारमा जति झिलिमिलि बत्ति बाले पनि लाेडसेडिङ हुँदैन, ढुक्क भएर बाल्नुस्

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
तिहारमा जति झिलिमिलि बत्ति बाले पनि लाेडसेडिङ हुँदैन, ढुक्क भएर बाल्नुस्

'यसपाली पिक भदाै मा १६ सय २० मेगावाट पुगेकाे र तिहारमा १५ सय मेगावाट भन्दा बढी हुदैन,' घिसिङले भने, 'अहिले २ हजार मेगावाट उत्पादनमा रहेकाेले तिहारमा कुनै पनि समस्या हुने छैन।'

काठमाडाैं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा ढुक्क भएर बत्ति बाल्न सकिने बताएका छन्। तिहारमा लाेडसेडिङ वा बत्ति जाने समस्या नहुने उनले बताएका हुन्।

अहिले लाेडसेडिङकाे समयमा जस्ताे पिक नहुने उनकाे भनाइ छ। 'यसपाली पिक भदाै मा १६ सय २० मेगावाट पुगेकाे र तिहारमा १५ सय मेगावाट भन्दा बढी हुदैन,' घिसिङले भने, 'अहिले २ हजार मेगावाट उत्पादनमा रहेकाेले तिहारमा कुनै पनि समस्या हुने छैन।'

हाल कुलेखानीकाे पानी भरिएकाे छ। तर पनि चलाउन पर्ने अवस्था नरहेकाे उनकाे भनाइ छ। दिउसाे २ सय बढी र राती  ५ सय मेगावाट विजुली बढी भएकाेले समस्या नआउने उनकाे जिकिर थियाे। 'तिहारमा लाेडसेडिङ हुदैन, जति पनि ढुक्क भएर चलाउदा हुन्छ। तिहारमा झिलिमिलिमा समस्या छैन,' घिसिङले भने।


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend