मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

तिहारमा घर जानेलाई आजबाट कोरोना विरुद्धको खोप

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
तिहारमा घर जानेलाई आजबाट कोरोना विरुद्धको खोप

चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी  गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको जानकारी दिए। 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ ।  

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी  गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको जानकारी दिए। 

उनका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वम्सेवक परिचालन गरिएको बताए। 

'बसपार्कको टिकट काउन्टरमा गई स्वयसेवकले खोप लगाउन यात्रुलाई अनुरोध गर्नेछन्' उनले भने, 'अनि ती घर जान लागेका यात्रु नजिकैको खोप केन्द्रमा गई खोप लगाउने छन्।'

उनले अहिले ५०० मात्रा चारै वटा खोप केन्द्रमा पठाइएको र आवश्यकता अनुसार खोप उपलब्ध गराउने जानकारी दिए। 

भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिने छ । पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ । खोप आज र भोलि प्रदान गरिने छ । रासस


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०७:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend