आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता हुने

आइतबार, जेठ १४ २०८०
प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता हुने

प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले अरुणसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता हुने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले अरुणसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो।

बैठकले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाका लागि एसजेभीएन लोअर अरुण डेभ्लपमेन्ट कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको बोर्ड सदस्य भवानी राणाले जानकारी दिइन्। 

यसैगरी बोर्डले तमोर जलविद्युत आयोजनाको नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सँगको साझेदारीमा तमोर जलविद्युत आयोजनाको काम गर्ने सम्झौता गरेको पावर चाइनालाई पत्र पठाउने निर्णय  समेत गरेको छ। कम्पनीलाई ३० दिनको समय दिएर पावर चाइनालाई पत्र लेख्ने निर्णय भएको हो।


प्रकाशित : आइतबार, जेठ १४ २०८००७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend