आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

पौने १४ अर्बको लागतमा हुम्लामा ६१ मेगावाट जलविद्युत आयोजनाको काम अगाडि बढ्दै

शुक्रबार, जेठ १२ २०८०
पौने १४ अर्बको लागतमा हुम्लामा ६१ मेगावाट जलविद्युत आयोजनाको काम अगाडि बढ्दै

काठमाडौं- कर्णाली प्रदेशको हुम्लामा पौने १४ अर्बको लगायतमा हुम्ला कर्णाली जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट अन्तिम राय सुझावका लागि सार्वजनिक भएको छ।

वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको हो। विद्युत विकास विभाग द्वारा कर्णाली प्रदेश हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नम्बर ४ र ५ मा हुम्ला कर्णाली जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव भएको हो।

६१.०२ मेगावाट क्षमताको आयोजनको लागत १३ अर्ब ७५ करोड ५० लाख ७७ हजार ७ सय ४ रुपैयाँ अनुमान गरिएको छ।

रन अफ दी रिभर प्रकृतिको आयोजनाको संरचना अन्तर्गत यसको डिजाइन प्रवाह ४४.५० घन मिटर प्रति सेकेण्ड ग्रस हेड १६२ मिटर, साइड इन्टेकको संख्या ४ वटा ४.३ मिटर ४.५ मिटर भएको, होप्पर फ्लसिङ्ग किसिमको ग्रावल ट्र्याप संख्या ४ वटा ९.५ मि. ४.५ मिटर भएको, इन्भर्ट्रेड डी आकारको प्रेसराइज्ड पहुँच सुरुङ्ग संख्या ३ वटा रहने छ। डबल होपर बटम भूमिगत प्रकारको सेटलिङ्ग बेसिन वे को संख्या ३ वटा रहने रिपोर्टमा उल्लखे छ।

आयोजना निर्माणको लागि कुल २१.४७ हेक्टर जमिन जसमध्ये वन क्षेत्र १७.३१ हेक्टर र निजी जग्गा ४.१६ हेक्टर आवश्यक पर्ने रिपोर्टमा उल्लेख छ।


प्रकाशित : शुक्रबार, जेठ १२ २०८००५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend