सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नागढुंगा सुरुङमार्ग : दसैँसम्म मुख्य टनेल जोडिसकिने, मन्त्री पुगे अनुगमनमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १२ २०८०
नागढुंगा सुरुङमार्ग : दसैँसम्म मुख्य टनेल जोडिसकिने, मन्त्री पुगे अनुगमनमा

सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ। आउँदो दसैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ।

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ।

उक्त टोलीले आजै नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ। टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ। अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ। 

सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए। सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ। आउँदो दसैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ।

आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए।

सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ। यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन्। कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो। रासस


प्रकाशित : शुक्रबार, जेठ १२ २०८००४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend