मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बाल यौन शोषण हटाउने एप्पलको प्रयासमा गोपनियताको प्रश्न

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
बाल यौन शोषण हटाउने एप्पलको प्रयासमा गोपनियताको प्रश्न

एप्पलले बाल यौन दुव्र्यवहार हुने र अश्लिलता फैलाउने तस्बिरहरू पत्ता लगाउन आईफोन र आईप्याड ‘स्क्यान’ गर्ने योजना रोकेको छ। ग्राहकका सथै व्यक्तिगत गोपनियताका विषयमा अधिवक्ताहरूले प्रश्न उठाएपछि एप्पल पछि हटेको हो। 

काठमाडौं- एप्पलले बाल यौन दुव्र्यवहार हुने र अश्लिलता फैलाउने तस्बिरहरू पत्ता लगाउन आईफोन र आईप्याड ‘स्क्यान’ गर्ने योजना रोकेको छ। ग्राहकका सथै व्यक्तिगत गोपनियताका विषयमा अधिवक्ताहरूले प्रश्न उठाएपछि एप्पल पछि हटेको हो। 

एप्पलका उपकरण तथा सेवाको गोपनीयतामाथि प्रश्न उठ्दै बालबालिका असुरक्षित भइरहेको विषय उठेपछि गएको महिना बाल यौन दुव्र्यवहार हुने र अश्लिलता फैलाउने सामग्री पहिचान हुने गरी प्रयोगकर्ताको आइक्लाउड सर्वरमा छुट्याउने बताएको थियो। विशेष गरी त्यो ‘फोटो आइडेन्टिटी टुल’का रुपमा रहने जनाइएको थियो। 

बालबालिकामाथि हुने यौन दुव्र्यवहार, यौन शोषण र अश्लिलता फैलाउने तस्बिरलाई सीमित पार्दै बालबालिकामैत्री प्रविधिमा प्रवेश गर्न एप्पलले बाल सुरक्षा विशेषज्ञको सहयोगमा काम गरिरहेको जनाएको थियो। एप्पलले त्यसले प्रयोगकर्ताको गोपनियतामा असर नगर्ने बताए पनि त्यसमा गोपनियताको प्रश्न उठाउँदै विरोध भएको हो।

‘पहिले हामीले बालबालिकालाई यौन दुराचारीबाट सुरक्षित बनाउन यस्तो योजनाका बारेमा बताएका थियौँ। जसले सञ्चार उपकरणको प्रयोगमा बालबालिकामाथि दुव्र्यवहार गर्ने र बाल यौन सामग्री फैलाउने गरिरहेका थिए’, एप्पलले विज्ञप्तीमार्फत भनेको छ, ‘आगामी महिनामा यी महत्वपूर्ण बाल सुरक्षा सुविधाहरू जारी गर्नुअघि सुझाव संकलन गर्न र सुधार गर्न थप समय लिने निर्णय गरेका छौँ।’ 


प्रकाशित : आइतबार, भदौ २० २०७८०७:५२
  • सम्बन्धित विषय:

  • # एप्पल
  • # गोपनियता
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend