मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

१० महिनामा २९ सय ५५ विद्युतीय कार भित्रिए, एकै महिनामा आए ५०४

आइतबार, जेठ ७ २०८०
१० महिनामा २९ सय ५५ विद्युतीय कार भित्रिए, एकै महिनामा आए ५०४

१ सय किलोवाट क्षमतासम्म मोटर भएका २८ सय ८२ वटा विद्युतीय कार आएका हुन्। १ सयदेखि २ सय किलोवाटसम्म ६६ वटा र २ सय किलोवाटभन्दा माथिका ७ वटा विद्युतीय छन्।

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको १० महिनामा २९ सय ५५ वटा विद्युतीय कार आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार १० महिनामा विभिन्न देशबाट उक्त संख्यामा विद्युतीय कार आयात भएको हो।

१० महिनाको अवधिमा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ मूल्य बराबरका २ हजार ९ सय ५५ वटा विद्युतीय कार आयात भएको हो। आयात भएका सो संख्यामध्ये सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमताका विद्युतीय कार छन्।

विद्युतीय सवारीमा सरकारले कर सहुलियत दिएकाले आयात क्रमिक रुपमा बढ्दै गएको छ। बैशाख महिनामा मात्रै पाँच सय चार वटा विद्युतीय कार आयात भएको छ।

२ हजार ९ सय ५५ वटा विद्युतीय कार आयात हुँदा राज्यले २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ कर पाएको छ।

१० महिनामा भारतबाट सबैभन्दा धेरै विद्युतीय कार आयात भएको तथ्यांक छ। आयात भएका सबैभन्दा धेरै १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार हुन्। 

१ सय किलोवाट क्षमतासम्म मोटर भएका २८ सय ८२ वटा विद्युतीय कार आएका हुन्। १ सयदेखि २ सय किलोवाटसम्म ६६ वटा र २ सय किलोवाटभन्दा माथिका ७ वटा विद्युतीय छन्।

१ सय किलोवाटसम्मका विद्युतीय कार भारत, चीन, इन्डोनेसिया र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ। भारतबाट टाटा नेक्सन ईभी र टीयोर ईभी आयात भइरहेको छ भने चीनबाट निटा भीलगायत ब्रान्डका विद्युतीय कार आयात भइरहेको छ।

त्यस्तै कोरियाबाट हुन्डाईको कोना ईभी र आयोनिक फाइभ विद्युतीय कार आयात हुँदै आएको छ। त्यस्तै कोरियाबाट कियाको निरो ईभी विगतमा आयात भएको र अब १ सय किलोवाट मोटर क्षमतामा आयात हुने क्रममा रहेको छ।

विद्युतीय कारको माग बढ्दै गएको र १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा करको दर कम भएकाले विभिन्न कम्पनीहरुले सोही क्षमताका विद्युतीय कार ल्याउने तयारी गरिरहेका छन्।

हाल नेपालमा विद्युतीय कार उपलब्ध गराइरहेका टाटा, हुन्डाई, निटा, किया, एमजी, टेस्लालगायत ब्रान्डका साथै अन्य नयाँ ब्रान्डका विद्युतीय कारसमेत नेपाल ल्याउने तयारी व्यवसायीहरुले गरेका छन्।


प्रकाशित : आइतबार, जेठ ७ २०८०१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend