शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

गले एलन मस्क, बिक्री नभइ टेस्लाको उत्पादन प्लान्ट लिएरै भारत आउन तयार 

images
images
images
गले एलन मस्क, बिक्री नभइ टेस्लाको उत्पादन प्लान्ट लिएरै भारत आउन तयार 

भारतको भविष्यको बजारलाई लिएर मस्क भारतमा सुरुमै कार उत्पादन प्लान्ट लिएर आउन तयार भएका हुन्।

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इंकका सीईओ भारतमा उत्पादन प्लान्ट लिएरै आउन तयार भएका छन्। यसअघि उनी पहिले अन्यत्र उत्पादन भएका कार बिक्री गर्ने र त्यसको प्रतिक्रियापछि मात्र भारतमा उत्पादन प्लान्ट राख्ने बारे निर्णय लिने बताउँदै आएका थिए। 

images
images
images

भारत सरकार भने बिक्रीका लागिमात्र नभइ सुरुमै उत्पादन प्लान्ट लिएर आउन आग्रह गरिरहेको थियो। तर टेस्लाका सीईओ मस्क भने तयारी विद्युतीय कारको कर घटाइदिन आग्रह गर्दै आएका थिए। मस्कको उक्त प्रस्तावमा भारत सरकार टसकोमस भएन। 

images

अन्ततः अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंक र सीईओ मस्क कार उत्पादन गर्नेगरि नै भारत आउन तयार भएका हुन्। टेस्ला इंक भारतमा म्यानुफ्याक्चरिङ प्लान्ट स्टथापना गर्न सिरियस रहेको भारतको प्रविधि उपमन्त्रीले बताएका हुन्। 

images

हालै भारतको प्रविधि मन्त्रालयले टेस्ला इंकका उपल्लो तहका कर्मचारीसँग छलफल गरेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालयका उच्च अधिकारी राजीव चन्द्रशेखरले टेस्लाका अधिकारिकहरुसँग भारतीय पक्षको छलफल भएका बताएका छन्। भारत सरकार टेस्लासँग सहकार्य गर्न तयार रहेको र उनीहरुको लगानी र उद्देश्य पूरा गर्न आफूहरु तयार रहेको बताएको राजीवले उल्लेख गरेका छन्। 

images
images

टेस्लाले भारतमा विद्युतीय सवारीका साथै ईभी ब्याट्रीसमेत उत्पादन गर्ने योजना रहेको छलफलमा बताएको थियो। 

भारत विश्वको छैटौं ठूलो अटोमोबाइल बजार हो। सबैजसो अटोमोबाइल कम्पनीहरु भारतमा सवारी उत्पादन/एसेम्बल गर्ने गरि आएका छन्। केही सीमित कम्पनीहरुले मात्र आयात गरि सवारी बिक्री गरिरहेका छन्। 

धेरै हिसाबले भारत उदीयमान बजार हो। त्यहाँ मध्यवर्गीय जनसंख्या उल्लेख्य रुपमा बढ्दै गएको छ। त्यसैले संसारभरका अटोमोबाइल उत्पादकहरुको ध्यान भारतमा केन्द्रित भएको छ। चिनियाँदेखि यूरोपेली तथा एसियन कार उत्पादकहरु भारतमा प्लान्ट स्थापनाका लागि अर्बौं डलर लगानी गरिसकेका र गर्दै पनि छन्। 

तर परम्परागत अमेरिकी कार उत्पादकहरुलाई भने भारत फापेन वा अमेरिकी कार उतपादकले सोचेजस्तो प्रगति हासिल भएन। त्यसैले २०१७ मा जनरल मोटर (जीएम)ले र २०२१ मा फोर्डले भारत छाडेर गए। उनीहरुले भारतमा अर्बौं डलर लगानी गरेर दुईरदुई वटा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्दै आएका थिए। 

अमेरिकाको विद्युतीय कार उत्पादक कम्पनी टेस्ला भने जसरी पनि भारत आउन चाहन्छ। त्यसैले टेस्लाले ३ वर्षभन्दा अघि भारतको बैंलोरमा कम्पनीले दर्ता गरिसकेको छ। विश्वभरका सडकमा टेस्लाका विद्युतीय कार कुदाउने चाहना कम्पनीका संस्थापक तथा सीईओ एलन मस्कलाई छ। त्यसैले अमेरिकासँगै विभिन्न देशमा टेस्लाका प्लान्टहरु खुल्नेक्रम बढेको छ। अमेरिका पछि टेस्लाको दोस्रो र अमेरिका बाहिर पहिलो टेस्ला गिगा चीनको सांघाईमा खुलेको थियो। त्यसपछि टेस्लाले जर्मनी र अमेरिकामै दोस्रो प्लान्ट स्थापना गरिसकेको छ। 

चिनियाँ बजारलाई केन्द्रित गरेर सांघाईमा टेस्लाको प्लान्ट स्थापना गरेका मस्क एसियाली बजारमा कार बिक्री गर्न अर्काे प्लान्ट स्थापना गर्न चाहिरहेका छन्। त्यसका लागि उनले भारतलाई उपयुक्त मुलुक मानेका थिए, आन्तरिक बजार र निर्यात सहजताका कारण। 

तर मस्कको चाहनामा भारत सहज बनिदिएन। भारत आउन मस्क पहिले तयारी कारको कर घटोस् भन्ने चाहन्थे भने भारत पहिले कार उत्पादन गर्ने योजना लिएर आओस् भन्ने चाहन्छ। भारतमा हाल तयारी कार आयात गर्दा १ सय प्रतिशतसम्म कर लाग्ने व्यवस्था रहेको छ। यो व्यवस्था ४० हजार डलरभन्दा बढी मूल्यका कार आयात गर्दा लागु हुन्छ। 

मस्क भने पहिले भारतमा कार लगेर बिक्री गर्ने, त्यसमा उपभोक्ताको प्रतिक्रिया कस्तो पाइन्छ त्यही आधारमा प्लान्ट लगाउने वा नलगाउने निर्णय लिनेमा थिए। भारत भने सिधै कार उत्पादन प्लान्ट लिएर मात्र आउनु पर्ने सर्तमा अडिग थियो। 

भारत सरकार भने ‘आत्मनिर्भर भारत’ योजनाभन्दा बाहिर गएर टेस्ला होस् वा अन्य कुनैपनि कम्पीलाई भित्र्याउने पक्षमा नहेको भारतेको बताउँदै आएको छ। मस्कको अडान पनि भारतकै जस्तो थियो। 

तथापी भारत उदीयमान बजार भएको र त्यहाँ धनाढ्यहरुको संख्या बढ्दै भएकाले भारतमै प्लान्ट स्थापना गर्ने टेस्ला सीईओ मस्कको चाहना मरिसकेका भने छैन। त्यही भएर मस्कले आफ्नो कम्पनीको उच्च पदस्थलाई भारत पठाएर प्लान्ट स्थापना गर्ने बारे छलफल सुरु गरेका छन्।  

भारत पनि मस्क नआउन् नै भन्ने त चाहँदैन। आफ्नो अडानमा टेस्ला नै लचिलो होस् भनेर भारतले गलाउन चाहेको पनि हुन सक्छ। भारतले प्लान्ट स्थापना गर्नेगरि आएमा अन्य विषयमा चलक हुनसक्ने बारेम्बार बताइरहेको थियो। भारतको भविष्यको बजारलाई लिएर मस्क भारतमा सुरुमै कार उत्पादन प्लान्ट लिएर आउन तयार भएका हुन्। सन् २०३० पछि वार्षिक २ करोड विद्युतीय कार उत्पादन गर्ने महत्वकांक्षी योजना बोकेका मस्क भारतजस्तो उदीयमान बजार गुमाउने नहुने निष्कर्षमा पुगेर सुरुमै उत्पादन प्लान्ट लिएर भारत आउन तयार भएका हुन्।

images

प्रकाशित : आइतबार, जेठ ७ २०८००३:३९

प्रतिक्रिया दिनुहोस