सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

‘सि बीच’ को झझल्को दिने नेपालका नदी किनार

images
शनिबार, जेठ ६ २०८०
images
‘सि बीच’ को झझल्को दिने नेपालका नदी किनार

सुकुटेमा २० र गोरखामा १० र्‍याफ्टिङ डुंगा छन्। गैँडाकोटमा तीन मोटरबोट रहेको व्यवसायी महेन्द्रसिंह थापाले बताए।

images
images

चितवन- बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन्।

images
images
images

थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो संख्यामा नेपाली पुगेको देखेका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो। 

images
images

उनले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएका छन्। पर्यटन क्षेत्रमा चार दशक पार गरेका उनी पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुटेका हुन्। उनले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैँडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गरेका छन्। सँगै र्‍याफ्टिङ, ढुंगा लगायतका जलक्रिडाका गतिविधिमा उनको लगानी छ।

images
images

र्‍याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गरेका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा र्‍याफ्टिङ चलाएका छन्। त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘र्‍याफ्टिङ’ चलाएको अनुभव उनीसँग छ। सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्णपछि काठमाडौंमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा उनी लागेका हुन्।

'चार वर्ष जागिर खाएपछि म र्‍याफ्टिङतर्फ आकर्षित भएँ', उनले भने। सुरुवाती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा र्‍याफ्टिङमै उनले जागिर खाए। यही क्रममा सिलसिलामा उनी तालिमका लागि अमेरिका पुगे।

अमेरिकाको तालिमसँगै विभिन्न देशमा उनले र्‍याफ्टिङमा जागिर खाए। यही क्रममा भारतमा र्‍याफ्टिङको सुरुवात आफैले गराएको उनको दाबी छ। उनले भने, 'यो भारतमा सुरुवात गर्ने मै हुँ। नेपालमा हामीले र्‍याफ्टिङ, ट्रेकिङ कम्पनी खोलेर नै काम गर्‍यौँ।'

नेपाल फर्किएर उनले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटेबीच रिसोर्ट सञ्चालनमा ल्याए। जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर सुरु गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ। शुक्रबार साँझ सुकुटेबीच पुगेका गैँडाकोटका पत्रका गोविन्द घिमिरेले भने, 'मलाई त विदेशको कुनै देश पुगेकोजस्तो अनुभव भयो।' साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको उनले सुनाए।

थापा र्‍याफ्टिङ एसोसिएसन र ट्रेकिङ एसोसिएसनको विभिन्न पद हुँदै अध्यक्ष भएकाले विदेशी पर्यटक उनको सम्पर्कमा आएकै कारण सुकुटेले छोटो समयमा राम्रो ख्याती कमायो। सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका-९ मा सुकुटेबीच एभेन्चर रिसोर्ट छ।

माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्दछन्। मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन्। थापाले भने, 'एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन्।' प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ।

उनको दोस्रो रिसोर्ट गोरखाको बुटारमा गोरखाबीच रहेको छ। त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उनी बताउँछन्। यस्तै हालै मात्र गैँडाकोट नगरपालिका-५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उनको तेस्रो रिसोर्ट ‘नारायणीबीच एडभेन्चर रिसोर्ट’ रहेको छ। सुकुटेमा २० र गोरखामा १० र्‍याफ्टिङ डुंगा छन्। गैँडाकोटमा तीन मोटरबोट रहेको उनले जानकारी दिए।

माथिल्लो सुनकोशी, त्रिशूली र नारायणी नदी किनारमा पर्यटकलाई मनोरञ्जन दिँदै आएका थापा कास्कीको माथिल्लो सेती नदी किनारमा नयाँ रिसोर्ट निर्माणको योजनामा छन्। उनले भने, 'नदी किनारलाई उपयोग गर्न सकियो भने बर्सेनि विदेश जाने नेपाली पर्यटकले यहीँ खर्च गर्छन्।'

बर्सेनि तीन चार अर्ब रूपैयाँ विदेश घुम्नेले खर्च गरेको भन्दै उनले नेपालका नदी किनारलाई अधिकतम उपयोग गर्नुपर्ने बताए। उनले भने, 'हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यहीँ रोक्ने हो।'

विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ। उनका तीनवटै रिसोर्टमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ। सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उनले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताए। रासस


प्रकाशित : शनिबार, जेठ ६ २०८००६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend