सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पूर्वाधार निर्माणको काम अब दुई सिफ्टमा 

शुक्रबार, जेठ ५ २०८०
पूर्वाधार निर्माणको काम अब दुई सिफ्टमा 

आगामी आर्थिक वर्षदेखि पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरिने भएको छ। 

काठमाडौं- सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने भएको छ। आगामी आर्थिक वर्षदेखि पूर्वाधार निर्माणको काम दुई सिफ्टमा गरिने भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्याक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। पूर्वाधार निर्माणको काममा सुस्तता भएको भन्दै सरकारले दुई सिफ्टमा काम गर्ने नीति लिएको हो। 

हाल विशेष प्रकृतिको आयोजनाबाहेक अन्य आयोजनामा एक सिफ्टमा काम हुँदै आएको छ। आगामी आार्थिक वर्षदेखि दुई सिफ्टमा काम गरेर आयोजना समयमा सक्ने लक्ष्य सरकारको छ। 


प्रकाशित : शुक्रबार, जेठ ५ २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend