सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

१२ हजार ७ सयमै मलेसिया-भैरहवा उडान

images
बिहीबार , जेठ ४ २०८०
images
१२ हजार ७ सयमै मलेसिया-भैरहवा उडान

मलेसिया-भैरहवा-काठमाडौंका लागि १४ हजार सात सय २० रूपैयाँ भाडादर कायम गरिएको छ।

images
images

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।

images
images
images

सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रूपैयाँ कायम गरेको छ। यो भाडादर मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो।

images
images

'नेपाल एयरलाइन्सले भैरहवा-मलेसिया र मलेसिया-भैरहवा-काठमाडौं रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, सो अवसरमा मलेसिया-भैरहवा-काठमाडौंका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ', निगमका प्रवक्ता रमेश पौडेलले भने 

images
images

उनका अनुसार मलेसिया-भैरहवाका लागि १२ हजार सात सय र मलेसिया-भैरहवा-काठमाडौंका लागि १४ हजार सात सय २० रूपैयाँ भाडादर कायम गरिएको छ। निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न निकट भविष्यमै सटल बस (यात्रु ओसार पसार गर्ने बस) को व्यवस्था गर्ने उनको भनाइ छ।

निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ। भैरहवाबाट हाल निगमले साताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ४ २०८०११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend