आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

साढे १४ अर्बको लागतमा बुढीगण्डकी प्रोक जलविद्युत आयोजना निर्माण हुने

बिहीबार , जेठ ४ २०८०
साढे १४ अर्बको लागतमा बुढीगण्डकी प्रोक जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं- गोरखामा ८१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना निर्माण हुने भएको छ। जलविद्युत आयोजनाका काम थालनीका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ।

रिपोर्टमा आयोजनाको कुल लागत १४ अर्ब ४७ करोड ७७ लाख ४८ हजार ३ सय ४० रुपैयाँको लागत अनुमान गरिएको छ।
 
जलविद्युत आयोजनाको प्रस्तावक चिलिमे जलविद्युत कम्पनी लिमिटेडले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभाग मार्फत वन तथा वातारण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पेस गरिएको हो।

प्रस्तावित आयोजना रन अफ दी रिभर प्रकृतिको हो। यो आयोजना गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४  मा रहने छ। 

भूमिगत विद्युत गृहमा खसाली फ्रान्सिस टरवाइनको सहायतले ८१ मेगावाट विद्युत उत्पादन हुने रिपोर्टमा उल्लेख छ। पानी विद्युत उत्पादन स्थलबाट पुन: बुढीगण्डकीमा नै खसालिने समेत रिपोर्टमा उल्लेख छ। 

आयोजनाबाट उत्पादित विद्युत २२० केभि क्षमताको १५ किलोमिटर लामो प्रसारण लाइनमार्फत फिलिम/ गुम्दामा प्रस्तावित सवस्टेसनमा जोडिने छ।


प्रकाशित : बिहीबार , जेठ ४ २०८००२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend