बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कियाले मेक्सिकोमा नयाँ ईभी प्लान्ट स्थापना गर्ने, १ अर्ब डलर लगानी

शनिबार, जेठ ६ २०८०
कियाले मेक्सिकोमा नयाँ ईभी प्लान्ट स्थापना गर्ने, १ अर्ब डलर लगानी

यो दशकको अन्त्य अर्थात् २०३० मा पुग्दा ब्याट्रीको लागत २०१८ को तुलनामा ५५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। 

काठमाडौं- दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले मेक्सिकोमा विद्युतीय कार उत्पादन प्लान्ट खोल्ने भएको छ। कियाले मेक्सिकोमा नयाँ ईभी प्लान्ट स्थापना गर्ने तय भएको मेक्सिकन गभर्नरले बताएका छन्। 

विद्युतीय कार उत्पादनमा आक्रामक भएको हुन्डाई मोटरको भगिनी कम्पनी कियाले अमेरिकी बजारलाई लक्षित गरी मेक्सिकोमा विद्युतीय कार उत्पादन गर्ने घोषणा गरेको हो। कियाले मेक्सिकोमा विद्युतीय कार प्लान्ट स्थापना गर्न १ अर्ब डलरभन्दा बढी लगानी गर्ने बताएको छ। 

कियाले १०१६ मा पनि मेक्सिकोमा आईसी इन्जिनयुक्त कार प्लान्ट खोलेको थियो। ३० लाख वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त प्लान्ट वार्षिक ४ लाख कार उत्पादन गर्ने क्षमताको छ। अब भने कियाले विद्युतीय कार मात्रै उत्पादन गर्नेगरि नयाँ प्लान्ट बनाउने भएको हो। 

गत वर्ष कियाले २०३० देखि वार्षिक १२ लाख कार बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। विश्वभर विद्युतीय कारको माग बढ्दै गएकाले कियाले एक वर्ष नपुग्दै आफ्नो लक्ष्य पनि बढाएको हो। एक वर्षको अन्तरालमा कियाले वार्षिक ४ लाख विद्युतीय कार उत्पादन बढाउने लक्ष्य थप गरेको हो। 

कियाले २०३० सम्ममा २३ लाख ८० हजार ब्याट्री ईभी र हाइब्रिड कार बिक्री हुने अनुमान गरेको कियाका सीईओ हो सुङ सोङले बताएका छन्। यो संख्या कियाले गत वर्ष तय गरेको लक्ष्यभन्दा ३ लाख बढी भएको विद्युतीय कार बिक्रीको भावी योजनाबारे ब्रिफिङ गर्ने क्रममा सीईओ सोङले बताएका हुन्। 

यो दशकको अन्त्यसम्ममा कियाले विश्वभर वार्षिक रुपमा बिक्री गर्ने कुल कारमध्ये ३७ प्रतिशत आर्थात् १६ लाख कार ब्याट्री ईभी हुने उनको भनाइ छ। त्यस्तै कियाले सानो आकारका विद्युतीय कार भारतमै उत्पादन गर्नेसमेत सीईओ सोङले बताएका छन्। त्यस्तै कम्पनीका थप साना तथा मध्यम आकारका विद्युतीय कार युरोप र चीनमा उत्पादन हुने छन्। 

Miss Pema Dolkar.jpg

कियाले २०२३ का बिक्री गर्ने विद्युतीय कारको संख्या पनि महत्वाकांक्षी नै देखिन्छ। २०२३ मा कियाले विश्वभर २ लाख ५८ हजार ब्याट्री ईभी बिक्री गर्ने दाबी गरेको छ भने २०२६ मा यो संख्या १० लाख पुर्‍याउने जिकिर कियाको छ। कियाले २०२६ मा ईभीको समग्र कर्पोरेट पोर्टफोलियो ३२ प्रतिशत र २०३० मा पुग्दा ५३ प्रतिशत पुग्ने बताएको छ।

२०२२ मा कियाले विश्वभर बिक्री गरेको कुल सवारीमा विद्युतीयको हिस्सा जम्मा ५ प्रतिशतमात्र थियो। यसरी विद्युतीय सवारी बिक्रीको हिस्सा बढ्नुको मुख्य कारण ब्याट्रीको मूल्य बढ्नु रहेको कियाको भनाइ छ। यो दशकको अन्त्य अर्थात् २०३० मा पुग्दा ब्याट्रीको लागत २०१८ को तुलनामा ५५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। 

२०२७ सम्म पुग्दा कियाले १५ वटा पूर्णविद्युतीय सवारी बजारमा ल्याइसक्ने जनाएको छ। कियाले २०२३ को मध्यसम्ममा ईभी नाइन दक्षिण कोरियामा सार्वजनिक हुने उल्लेख गरेको छ। त्यस्तै यही वर्षको अन्त्यसम्ममा कियाले चीनमा ईभी फाइभ बजारमा ल्याइसक्ने छ। कियाको १५ वटा विद्युतीय कारमा ईभी सिक्स तथा निरो ईभी रहेको छ। 

कियाका विद्युतीय कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। कियाको सोल ईभी र निरो ईभी नेपाली बजारमा उल्लेख्य रुपमा बिक्री भइरहेको थियो। पछिल्लो समय आयात नभए पनि अब भने कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रालिले निरो ईभी ल्याउने अन्तिम तयारी गरेको छ भने ईभी सिक्स पनि ल्याउने योजनामा छ। 


प्रकाशित : शनिबार, जेठ ६ २०८००५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend