मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ट्वीटरमा अब ‘सुपर फलो फिचर’, कमाइको माध्यम हुने आश

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
ट्वीटरमा अब ‘सुपर फलो फिचर’, कमाइको माध्यम हुने आश

ट्वीटरमा ‘सुपर फलो’का रुपमा नयाँ फिचर थपिएको छ। जुन फलोअर बढी रहेका ट्वीटर प्रयोगकर्ताका लागि कमाइको माध्यम हुने बताइएको छ। अहिले प्रयोगका लागि मात्र ल्याइएको यो सुविधा अमेरिकामा सुरू गरिएको ट्वीटरले जनाएको छ। 

काठमाडौं- ट्वीटरमा ‘सुपर फलो’का रुपमा नयाँ फिचर थपिएको छ। जुन फलोअर बढी रहेका ट्वीटर प्रयोगकर्ताका लागि कमाइको माध्यम हुने बताइएको छ। अहिले प्रयोगका लागि मात्र ल्याइएको यो सुविधा अमेरिकामा सुरू गरिएको ट्वीटरले जनाएको छ। 

ट्वीटरले यो सुविधामार्फत प्रयोगकर्ताले कुनै एक विशेष विषयमा कुराकानी गरुन् र उनीहरुलाई सहायता होस् भन्ने सोचिएको जनाएको छ। ट्वीटरका प्रोजेक्ट म्यानेजर एस्थरले भनेका छन्, ‘सुपर फलो फिचरलाई लिएर हामी उत्साहित छौँ। यसले प्रयोगकर्तालाई युजर कन्टेन्टमार्फत मासिक रेभेन्यू आर्जन गर्न सहयोग गर्नेछ।’ 

सुपर फलोको नयाँ सुविधा ट्वीटर फलोअर १० हजार जना रहेको अकाउन्टमा दिइने गरी काम भएको जनाइएको छ। यसले सामाजिक अभियन्ता, पत्रकार, संगीत सर्जक, लेखक, गेमर्स, ब्यूटी एक्स्पर्ट, कमेडियनलगायतका लागि फाइदाजनक हुने बताइएको छ। सुपर फलो ‘सब्सक्राइब’का रुपमा जोडिने गरी बनाइएको छ। 

यसका प्रयोगकर्ताले ट्वीटरमा आफूसँग धेरै जोडिने फलोअरका लागि बोनस सेट गर्नसमेत सक्नेछन्। यसमा ‘बिहाइन्ड दि सिन’ कन्टेन्टमा प्रतिमहिना ३, ५ र १० डलरको सदस्यता शुल्कमा कामको तयारी भइरहेको छ। यदि तपाइँ ‘पेइड फलोअर’ हो भने सामग्री निर्मातासम्म तपाइँको विशेष पहुँच ट्वीटरले दिनेछ। 

त्यस्तो कन्टेन्ट भिडियो, पोस्ट र या अन्य जुनसुकै हुन सक्नेछ। प्रयोगकर्ताले आफूले पोस्ट गर्ने सामग्री सबै फओअरका लागि या सुपर फलोअरका लागि मात्र दिने भन्ने छनोट गर्न सक्नेछन्। यसमा प्रयोगकर्ताले आफ्ना सुपर फलोअरसँग मात्र वार्तालाप गर्ने सुविधा समेत रहेको बताइएको छ। 

अहिले अमेरिकामा प्रयोगका लागि सुरु गरिएको यो सुविधाका लागि फलोवर १० हजार जनाभन्दा बढी हुनुपर्ने, १८ वर्ष उमेर पुगेको हुनुपर्ने, पछिल्ला ३० दिनमा २५ ट्वीट गरिएको हुनुपर्ने जनाइएको छ। 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०४:३५
  • सम्बन्धित विषय:

  • # ट्वीटर
  • # सामाजिक सञ्जाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend