बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टेस्लाले चीनमा बनेका सबै विद्युतीय कार फिर्ता बोलायो, यस्तो छ समस्या

आइतबार, वैशाख ३१ २०८०
टेस्लाले चीनमा बनेका सबै विद्युतीय कार फिर्ता बोलायो, यस्तो छ समस्या

टेस्लाले ब्रेकमा देखिएको समस्या समाधानका लागि सफ्टवेरमा परिमार्जन गरि अपडेटका लागि तयार भइसकेको जनाएको छ। 

काठमाडौं- विश्वकै धेरै विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी टेस्लाले चीनमा बनेका सबै विद्युतीय कार फिर्ता बोलाएको छ। टेस्लाले चीनमा उत्पादन भएका ११ लाख भन्दा बढी विद्युतीय कार फिर्ता बोलाएको हो। 

अमेरिकी कार उत्पादन कम्पनी टेस्लाले चीनको सांघाईमा गिगाफ्याट्री स्थापना गरेर विद्युतीय कार उत्पादन गर्दै आएको छ। टेस्लाले चीनमा उत्पादन भएका कार चीनसहित युरोप तथा एसियाली बजारमा बिक्री गर्दै आएको छ। 

चीनमा उत्पादित टेस्लाका कारमा ब्रेकमा समस्या देखिएपछि फिर्ता बोलाइएको हो। ब्रेक लगाउने क्रममा टेस्लाका विद्युतीय कारमा समस्या उत्पन्न भएपछि कम्पनीले कार लिएकाहरुलाई अथोराइज्ड सर्भिस सेन्टरमा गएर त्यस्तो समस्या समाधान गर्न आग्रह गरेको हो। 

टेस्लाले ब्रेकमा देखिएको समस्या समाधानका लागि सफ्टवेरमा परिमार्जन गरि अपडेटका लागि तयार भइसकेको जनाएको छ। 

टेस्लाको उक्त रिकल चीनमा उत्पादित मोडल थ्री र मोडल वाईमा लागु हुने छ। चीनमा जनवरी २०१९ दृेखि अप्रिल २०२३ सम्म उत्पादन भएका उक्त दुई मोडलमा सफ्टवेर अपडेट गर्नुपर्ने भएको हो। त्यस्तै चीनमा अन्यत्रबाट आयात भएका मोडल थ्री, मोडल एस र मोडल एक्समा पनि यो रिकल लागु हुने टेस्लाले जनाएको छ। 

गएको अप्रिलमा टेस्लाले स्वेच्छिक रुपमा रिकल गरेको थियो। अमेरिकी नेसनल हाइवे ट्राफिक एडमिनिस्ट्रेसनले समस्या देखिएका गाडीलाई रिकल गर्न भनेको हो। गत वर्षपनि टेस्लाले ३ लाख २१ हजार कार सफ्टवेर ल्लिचका कारण रिकल गरेको थियो। 

टेस्लाका विद्युतीय कार नेपाली बजारमा पनि आयात भइरहेको छ। हङकङलाई आधार बनाएर आयात गरिएका टेस्लाका विद्युतीय कार केही चीनमा बनेका पनि छन्।


प्रकाशित : आइतबार, वैशाख ३१ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend