आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मर्स्याङ्‌दी जलविद्युत्‌को उत्पादन घट्यो

सोमबार, वैशाख २५ २०८०
मर्स्याङ्‌दी जलविद्युत्‌को उत्पादन घट्यो

जलवायु परिवर्तन र  गर्मी बढ्दै गएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो। 

तनहुँ- आँबुखैरेनी गाउँपालिका-४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ। जलवायु परिवर्तन र  गर्मी बढ्दै गएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो। 

तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताए। विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत् उत्पादन कमी भएको उहाँले जानकारी दिए।

पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ। नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत् उत्पादन हुने गर्दछ।

'नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको छ', प्रमुख फुँयालले भने, 'साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्यांकमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ।'

यति बेला सुख्खा याम भएकोले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन झण्डै १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने उनले जानकारी दिए। यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २५ २०८००९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend