आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

८७ मेगावाट एसआर थ्रीको लागत १७ अर्ब ८८ करोड

आइतबार, वैशाख २४ २०८०
८७ मेगावाट एसआर थ्रीको लागत १७ अर्ब ८८ करोड

आयोजनाबाट कुल वार्षिक ४ सय ८२ दशमलव ५५६ गिगावाट आवर उर्जा उत्पादन हुनेछ।

काठमाडौं- सेती नदी-३ (एसआर थ्री) अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लागत १७ अर्ब ८८ करोड अनुमान गरिएको छ।

बझाङमा निर्माण हुन लागेको ८७ मेगावाटको आयोजना निर्माणका चरणमा जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ९  नम्बर वडाहरु आयोजनाबाट प्रभावित हुनेछन्।

जलविद्युत आयोजनाको प्रस्तावक चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेको छ। आयोजनको हेडवर्क्स बाहुली गाड र सेती नेदीको दोभानबाट १ किलोमिटर तल रहेको छ।

१६ मिटर अग्लो र ६७ मिटर लम्बाइको बाँध निर्माण तथा पिकिंङ जलाशयद्वारा ३ लाख ७ हजार ७ सय ६६ घनमिटर पानी जम्मा गरी उक्त पानीको ८४.६० घनमिटर प्रतिसेकेण्ड बहावलाई ग्रेभलट्रेप हुँदै बालुवा थिग्राउने पोखरीमा पुर्‍याई सफा पानीलाई १ हजार ६९ मिटर बक्स कल्भर्ट तथा ४२ सय ५१ मिटर लामो सुरुङ मार्फत सर्ज शाफ्टसम्म पठाइने छ।

आयोजनाबाट कुल वार्षिक ४ सय ८२ दशमलव ५५६ गिगावाट आवर उर्जा उत्पादन हुनेछ। आयोजनाको प्रतिमेगावाट २२ करोड ८ लाख ५० हजार लगानी रहेको छ। प्रतिफलको आम्दानी दर १२० प्रतिशत रहेको छ भने लाभ/लगात अनुपात १.२६ रहेको छ।

आयोजनाको निर्माण अवधि ४.३० वर्ष र भुक्तानी अवधि ७ वर्ष सिम्पल र १५ वर्ष डिस्काउन्डेट रहेको छ। 


प्रकाशित : आइतबार, वैशाख २४ २०८०१०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend