मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आईओएसबाट एन्ड्रोइडमा ह्वाट्सएप चलाउन नयाँ सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
आईओएसबाट एन्ड्रोइडमा ह्वाट्सएप चलाउन नयाँ सुविधा

सामाजिक सञ्जाल ह्वाट्सएप चलाउने आईओएस प्रयोगकर्ताले सामसङ एन्ड्रोइड उपकरणमा जाँदा अकाउन्टमा रहेका तस्बिर, मिडियासहित च्याट हिस्ट्री जस्ता विषय ‘ट्रान्सफर’ गर्न मिल्ने भएको छ। 

काठमाडौं- सामाजिक सञ्जाल ह्वाट्सएप चलाउने आईओएस प्रयोगकर्ताले सामसङ एन्ड्रोइड उपकरणमा जाँदा अकाउन्टमा रहेका तस्बिर, मिडियासहित च्याट हिस्ट्री जस्ता विषय ‘ट्रान्सफर’ गर्न मिल्ने भएको छ। 

सामसङका अनुसार अगस्टदेखि सामसङका फोनमा यस्तो सुविधा ल्याइनेछ। प्रयोगकर्ताले पहिले ह्वाट्सएपको हिस्ट्री सुरक्षित गर्न क्लाउड ब्याकअप फिचर रोजेका छन् भने आईओएस च्याट हिस्ट्री आईक्लाउडमा सुरक्षित रहेको हुन्छ। जबकि एन्ड्रोइडमा हिस्ट्री गुगल ड्राइभमा सुरक्षित रहेको हुन्छ। त्यस्तोमा यो सुविधा प्रयोगकर्ताका लागि नितान्त नौलो अभ्यास हुनेछ। 

कम्पनीले भनेको छ, ‘यदि तपाइँ आइफोनबाट सामसङ एन्ड्रोइड डिभाइसमा जाँदै हुनुहुन्छ भने अकाउन्ट इन्फरमेसन, प्रोफाइल फोटो, पर्सनल च्याट, ग्रुप च्याट, च्याट हिस्ट्री, मिडिया र सेटिङसमेत ट्रान्सफर गर्न मिल्नेछ।’ यस्तो सुविधा सामसङको नयाँ फोन सेटअप गर्ने समयमा नै गर्नुपर्ने कम्पनीले जनाएको छ। 

यसका लागि ह्वाट्सएप आइफोन आईओएस भर्सन २.२१.१६०.१७ र त्योभन्दा नयाँ र सामसङमा एन्ड्रोइड भर्सन २.२१.१६.२० र त्योभन्दा नयाँ हुनुपर्ने सामसङले जनाएको छ। नयाँ डिभाइसमा सामसङ स्मार्टस्वीच एप भर्सन ३.७.२२.१ र त्योभन्दा नयाँ हुनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ। 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०४:१५
  • सम्बन्धित विषय:

  • # ह्वाट्सएप
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend