मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

ऊर्जाको अध्ययन गर्न केयुलाई नर्वेजियनको साढे तीस करोड सहयोग

शनिबार, कात्तिक १३ २०७८
ऊर्जाको अध्ययन गर्न केयुलाई नर्वेजियनको साढे तीस करोड सहयोग

काठमाडौं- काठमाण्डौ विश्वविद्यालय (केयु) लाई स्वच्छ ऊर्जाका परियोजनाहरुबारे अध्ययन गर्न नर्वेजियन सरकारले साढे तीस करोड रुपैयाँ सहयोग गर्ने भएको छ। 

नर्वेजियन सरकारको सहयोगमा केयुले जलविद्युतका साथै सोलार (सौर्य), वायु, वायोग्याँस लगायतका नवीकरणीय ऊर्जाका प्रविधिहरुको परियोजनाहरुबारे अध्ययन गर्न नर्वेजियनक सरकारले ३० करोड ६० लाख रुपैयाँ सहयोग गर्न लागेको हो।

परियोजनाको सो सहायता सम्बन्धमा केयुका उपकुलपति डा. भोला थापा र नेपालका लागि नर्वेजियन राजदूत टोरुन ड्रामदलबीच हस्ताक्षर भएको छ। 

३९ महिनासम्म चल्ने परियोजना अन्र्तगत नवीनतामा आधारित १० व्यवसायिक ऊर्जाहरुलाई सहयोग गर्नुका साथै १२ स्वच्छ ऊर्जाका परियोजनाहरुबारे प्रतिष्पर्धामार्फत अध्ययनमा सहयोग गर्ने योजना छ। विद्यावारिधी गर्न चाहाने १० जना तथा स्नाकोत्तरमा अध्ययन गर्न ३० विद्यार्थीलाई पनि आंशिक रुपमा सहयोग गर्ने परियोजनाको लक्ष्य छ। 

 


प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend