सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एप्पललाई उछिनेर संसारकै मूल्यवान कम्पनी बन्यो माइक्रोसफ्ट 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक १३ २०७८
एप्पललाई उछिनेर संसारकै मूल्यवान कम्पनी बन्यो माइक्रोसफ्ट 

एप्पलले यो वर्ष ६ अर्ब डलरसम्मको राजस्व गुमाउनसक्ने समाचारहरु प्रकाशित भएका थिए। आपूर्ति शृङ्खलामा परेको प्रभावका कारण एप्पलले उच्च मागका बाबजदु आम्दानी गुमाउनसक्ने प्रक्षेपणहरु भएका छन्।  

काठमाडौं- अमेरिकी सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्ट संसारकै मूल्यवान कम्पनी बनेको छ। स्टक मार्केटमा सूचीकृत कम्पनीहरूमध्ये संसारकै मूल्यवान कम्पनीका रुपमा माइक्रोसफ्टले अर्को अमेरिकी कम्पनी एप्पललाई उछिनेको हो। 

शुक्रबार बजार बन्द हुँदासम्म माइक्रोसफ्टको बजार पुँजीकरण २.४९ ट्रिलियन अमेरिकी डलर पुगेको छ। एप्पलको भने २.४६ ट्रिलियन डलरमात्र रहेको सीएनबीसी डटकममा प्रकाशित समाचारमा उल्लेख छ। 

एप्पलले यो वर्ष ६ अर्ब डलरसम्मको राजस्व गुमाउनसक्ने समाचारहरु प्रकाशित भएका थिए। आपूर्ति शृङ्खलामा परेको प्रभावका कारण एप्पलले उच्च मागका बाबजदु आम्दानी गुमाउनसक्ने प्रक्षेपणहरु भएका छन्।  

यही अवधिमा माइक्रोसफ्टको आम्दानी भने यो वर्ष २२ प्रतिशतले बढ्ने र यो सन् २०१८ पछिकै उच्च वृद्धिदर हुने छ। 

एप्पलट्रलियन डलर बजार पुँजीकरण हुने पहिलो कम्पनी बनेको थियो। २ ट्रिलियन हुने पनि एप्पल नै पहिलो कम्पनी बनेको थियो। 

प्रकाशित : शनिबार, कात्तिक १३ २०७८०७:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend