मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

३ रूपैयाँले बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य, ग्यासमा ५० रूपैयाँ वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
३ रूपैयाँले बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य, ग्यासमा ५० रूपैयाँ वृद्धि

निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिब २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको भन्दै मूल्य बढाएको हो

काठमाडौं- डिजेल पेट्रोल र मट्टितेलको मूल्य तीन रूपैयाँले बढेको छ। ग्यासको मूल्य ५० रूपैयाँ बढेको छ।

शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आयल निगमले मूल्य समायोजन गरेको हो।

निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिब २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको भन्दै मूल्य बढाएको हो।

जसअनुसार पेट्रोल र डिजेल/मट्टितेलमा काठमाडौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १३३ र ११६ रूपैयाँ तथा आन्तरिक तथा बाह्य हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रति लिटर १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रूपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर र एल.पी.ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रूपैयाँले वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य १५०० रूपैयाँ प्रति सिलिण्डर कायम गर्ने निर्णय भएको छ। 

Screenshot_20211029-215313.jpg

 

 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८१५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend