आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ताँजाकोटका बाह्र सय घरधुरी विद्युत्‌को पहुँचमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १७ २०८०
ताँजाकोटका बाह्र सय घरधुरी विद्युत्‌को पहुँचमा

पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ।

सिमकोट- हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाका एक हजार दुईसय घरधुरी विद्युत्‌को पहुँचमा पुगेका छन्। टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन्।

ताँजकोटमा भएका कुल एक हजार दुईसय घरधुरी पूर्णरूपमा विद्युुतिकरणको पहुँचमा जोडिएका हुन्। जिल्लाका सात स्थानीय तहमध्ये सिंगो गाउँपालिकामा विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ। गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युुत उत्पादन भई आपूर्ति भएपछि सिंगो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए।

त्यसमा आठ सय ५० घुरधुरी जलविद्युत्‌को पहुँचमा जोडिएको र तीनसय ५० घरधुरी सोलारको विद्युत्‌मा जोडिएका हुन्। आठ करोड लागतमा कर्पुखोला जलविद्युत् आयोजनाको एकसय १० किलोवाट विद्युत् उत्पादन भएको छ भने आठ करोड १६ लाख रूपैयाँ लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनिग्रिडबाट एकसय २५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ।

त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ। उत्पादित विद्युत्‌ले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युत् प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ। पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ। विद्युत् आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन्। रासस


प्रकाशित : आइतबार, वैशाख १७ २०८००७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend