बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टेस्ला मोडल थ्री गुगलमा सर्वाधिक खोजिएको विद्युतीय कार, दोस्रोमा किया ईभीसिक्स र चौथोमा हुन्डाई आयोनिक फाइभ

शनिबार, वैशाख १६ २०८०
टेस्ला मोडल थ्री गुगलमा सर्वाधिक खोजिएको विद्युतीय कार, दोस्रोमा किया ईभीसिक्स र चौथोमा हुन्डाई आयोनिक फाइभ

टेस्लाको मोडल वाई सार्वजनिक नहुँदासम्म अमेरिकामा सर्वाधिक बिक्री हुने विद्युतीय कार मोडल थ्री नै थियो। मोडल वाई सार्वजनिक भएयता मोडल थ्रीको ताज वाईले खोसेको हो। 

काठमाडौं- विद्युतीय कार जगतमा टेस्लाले उल्लेख्य सफलता हात पारिसकेको छ। टेस्लाको उत्पादन होस् वा मार्केट भ्यालु, खरिदकर्ता हुन् वा आम सर्वसाधारणलाई समेत यसबारे थाहा हुने क्रम तीब्र छ। 

तुलनात्मक रुपमा महँगो भएपनि टेस्लाका कार खरिग गर्ने सपना धेरै मानिसको हुने गरेको छ। टेस्लाका कारबारे संसारभरका मानिसहरुलाई चासो छ। त्यसैले त २०२२ मा टेस्लाको मोडल थ्री गुगलमा सर्वाधिक खोजिने विद्युतीय कार भएको हो। 

अमेरिकामा मात्र होइन संसारमै कम होलान टेस्ला र मोडल थ्री कारबारे नसुन्ने व्यक्ति। ग्रिडसरभर नामका एक कम्पनीले गुगलमा सर्वाधिक खोजिएको विद्युतीय सवारीको डेटा अध्ययन गरेको थियो। उक्त अध्ययनले टेस्लाको मोडल थ्री अमेरिकामा मात्र नभइ संसारभर नै सर्वाधिक खोजी हुने विद्युतीय कार भएको देखाएको हो। 

सो कम्पनीले अमेरिकी राज्यहरुबाट २०२२ मा सर्वाधिक खोजी भएको विद्युतीय कारको तथ्यांक खोजेको थियो। सोही क्रममा टेस्लाको मोडल थ्री अमेरिकामा मात्र नभइ विश्वभर नै धेरै खोजी हुने विद्युतीय कार भएको पाइएको हो। उक्त अध्ययनमा ३ सय वटा विद्युतीय कार बारे खोजी भएको देखिएको थियो। 

सो अध्ययनले टेस्ला मोडल थ्री अमेरिका, बेलायलमात्र नभइ विश्वभरबाटै गुगलमा धेरै खोजी हुने विद्युतीय कार भएको सार्वजनिक गरेको हो। टेस्लाको मोडल वाई सार्वजनिक नहुँदासम्म अमेरिकामा सर्वाधिक बिक्री हुने विद्युतीय कार मोडल थ्री नै थियो। मोडल वाई सार्वजनिक भएयता मोडल थ्रीको ताज वाईले खोसेको हो। 

सो अध्ययनअनुसार २०२२ मा टेस्ला मोडल थ्री टाइप गरेर गुगलमा करिब २ करोड पटक सर्च भएको थियो। टेस्ला मोडल थ्रीपछि धेरै खोजी भएको विद्युतीय कारमा कियाको ईभीसिक्स रहेको छ। 

mahat chiniya.jpeg

कोरियाली कार उत्पादक कम्पनी कियाले उत्पादन गरेको किया ईभीसिक्स विद्युतीय कारको चर्चा पनि उल्लेख्य रुपमा बढेको छ। आकर्षक डिजाइन र रेन्जका कारण यो कारबारे धेरैले चासो राखेका हुन्। २०२२ मा गुगलमा किया ईभीसिक्स १ करोड ५८ पटक सर्च भएको थियो।

धेरै सर्च हुने विद्युतीय कारको सूचीमा तेस्रो स्थानमा पनि टेस्लाकै कार रहेको छ। टेस्ला मोडल वाई २०२२ मा गुगलमा १ करोड ३९ लाख पटकभन्दा बढी चर्स भएको थियो। 

mahat chiniya.jpeg

चौथो स्थानमा भने अर्को कोरियाली कार उत्पादक कम्पनी हुन्डाईको विद्युतीय कार रहेको छ। हुन्डाईको आयोनिक फाइभ कार २०२२ मा संसारभरबाट गुगलमा १ करोड २६ लाखभन्दा बढी पटक सर्च भएको तथयांक छ। निक्कै आकर्षक यो विद्युतीय कार धेरैको रोजाइमा पर्ने गरेको छ। 

त्यसैगरि पाँचौ धेरै सर्च हुने विद्युतीय कारमा टेस्लाको मोडल एस रहेको छ। यो कार २०२२ विश्वभरबाट गुगलमा १ करोड १४ लाख पटकभन्दा बढी खोजिएको थियो। छैटौं स्थानमा रहेको पोस्र्च टाइकन १ करोड ५ लाख पटक, टेस्ला मोडल एक्स ९५ लाख ३५ हजार पटक, पोलस्टार टू ८२ लाख १२ हजार पटक, लेक्सस आरजेड ७१ लख ८६ हजार पटक र बीएमडब्लू आईफोर ७० लाख ६३ हजार पटकभन्दा बढी पटक सर्च भएको थियो। 

टेस्लाको मोडल थ्री अमेरिकाको ४१ वटा राज्यबाट धेरै खोजी भएको थियो। त्यस्तै टेस्ला मोडल थ्रीबेलायतबाट मात्र करिब ६० लाख पटक सर्च भएको थियो। 

tesla model 3.PNG

नेपालबाट पनि टेस्लाको मोडल थ्री तथा अन्य कारबारे धेरै नै पटक सर्च भएको हुनुपर्छ। नेपाली बजारमा पनि टेस्लाका मोडल थ्री र मोडल वाई बिक्री हुँदै आएको छ। अरेटी इन्टरनेशनले टेस्लाका विद्युतीय कार उपलब्ध गराउँदै आएको छ। त्यस्तै केही संख्यामा टेस्ला मोडल एक्स समेत नेपाल भित्रिएको थियो। 

त्यसैगरि धेरै खोजी हुने विद्युतीय कारमा टेस्ला पछि हुन्डाईको आयोनिक फाइभ पनि नेपाली बजारमा उपलब्ध रहेको छ। मोबाइल जस्तै स्मुद देखिने यो कार निक्कै आकर्षक डिजाइन र राम्रो रेन्जमा उपलब्ध छ। कियाको ईभीसिक्स पनि नेपाल आउने अन्तिम तयारीमा छ। केही संख्यामा बुकिङ भएपनि उत्पादक कम्पनीले पर्याप्त संख्यामा कार उत्पादन गर्न नसक्दा नेपाल आउन ढिलाइ भएको हो। 


प्रकाशित : शनिबार, वैशाख १६ २०८००२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend