सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टोखा-छहरे सुरुङ मार्ग छिट्टै निर्माणको चरणमा प्रवेश गर्ने

शुक्रबार, वैशाख १५ २०८०
टोखा-छहरे सुरुङ मार्ग छिट्टै निर्माणको चरणमा प्रवेश गर्ने

त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू-भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ।

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। सो भेटमा टोखा छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको हो।

त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू-भागमा समेत सुरुङ मार्गहरु बनाउने विषयमा छलफल भएको छ। चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको थियो। 

मन्त्री डा. महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताएका थिए।

भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैया उपलब्ध गराउन सक्ने जानकारी गराएका हुन्। चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास राजदूत सोङले व्यक्त गरे। 


प्रकाशित : शुक्रबार, वैशाख १५ २०८०१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend