सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल टेलिकमको अप्टिकल फाइबर सञ्जालमा जोडियो सोलुखुम्बु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
नेपाल टेलिकमको अप्टिकल फाइबर सञ्जालमा जोडियो सोलुखुम्बु

समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई   कात्तिक ११ देखि   १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको  कम्पनीले जानकारी दिएको छ। 

काठमाडौं- सोलुखुम्बु जिल्ला पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडिएको छ। 

नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर सञ्जालमा समावेश गरेको जानकारी दिएको छ। 

समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई   कात्तिक ११ देखि   १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको  कम्पनीले जानकारी दिएको छ। 
 
सञ्जालबाट जोडिएपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुने कम्पनीको विश्वास छ। 

प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend