काठमाडौं- सोलुखुम्बु जिल्ला पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडिएको छ।
नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर सञ्जालमा समावेश गरेको जानकारी दिएको छ।
समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई कात्तिक ११ देखि १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको कम्पनीले जानकारी दिएको छ।
सञ्जालबाट जोडिएपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुने कम्पनीको विश्वास छ।