बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

३ सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक हुँदै, नेपाल आउला?

बिहीबार , वैशाख १४ २०८०
३ सय किलोमिटर रेन्ज दिने विद्युतीय स्कुटर सार्वजनिक हुँदै, नेपाल आउला?

सो स्कुटरमा ४.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री हुने छ भने वान स्कुटरले एक पटकको फुल चार्जमा २ सय ३६ किलोमिटर रेन्ज दिने छ। त्यस्तै यो स्कुटरमा प्रयोग हुने स्वापएवल ब्याट्रीले भने रेन्ज ३ सय किलोमिटरसम्म बढाउने दाबी कम्पनीले गरेको छ। 

काठमाडौं- भारतीय स्टार्टअप कम्पनी सिम्पल वानले एक पटकको फुल चार्जमा ३ सय किलोमिटरसम्म रेन्ज दिने स्कुटर सार्वजनिक गर्ने भएको छ। सिम्पल वानले आगामी मे २३ मा भारतीय बजारमा विद्युतीय स्कुटर सार्वजनिक गर्ने तय गरेको हो। 

२०२१ मा सबैभन्दा तीब्र गतिको विद्युतीय स्कुटर ल्याउने भन्दै घोषणा गरेको थियो। तर कम्पनीले घोषणा गरेको २ वर्षपछि सिम्पल वानले बिक्री गर्नेगरि स्कुटर सार्वजनिक गर्ने बताएको हो। 

विश्वका उत्पादकहरुसँग प्रतिस्पर्धी हुने गरि र भ्यालु फर मनिलाई सम्बोधन गर्नेगरि उत्कृष्ट उत्पादन ल्याउन लागेकाले केही समय ढीलो भएको सिम्पल वानका संस्थापक तथा सीईओ सुहास राजकुमारको भनाइ छ। पछिल्लो दुई वर्षमा सिम्पल वानले कठिन परीक्षण गरेर उत्कृष्ट उत्पादन ल्याएको उनले बताए। 

सिम्पल वानले विभिन्न अवस्थामा विद्युतीय स्कुटरको २४ महिनासम्म परीक्षण गरेको हो जनु उपभोक्ताको मागलाई अधिकतम सम्बोधन गर्ने गरि भएको छ। ब्याट्रीको सुरक्षाका लागि सिम्पल वानले सबैभन्दा कठिन परीक्षण गरेको छ। अटोमोटिभ इन्डस्ट्री स्ट्यान्डर्ड पालना गरेर यस्तो कठिक परीक्षण गर्ने भारतको पहिलो कम्पनी सिम्पल वान बन्न सफल भएको छ। कम्पनीले ब्याट्रीको सुरक्षाका लागि एस्थेटिक, ब्याट्री सिस्टम र अधिकतम सुरक्षाका लागि पावरट्रेनमा उल्लेख्य सुधार गरेको छ। 

सिम्पल वानको उत्पादक कम्पनी सिम्पल इनर्जी शून्य प्रदूषण सवारीको क्षेत्रमा मुख्य उत्पादक बन्नेगरि अघि बढेको छ। विशेषगरि दुईपांग्रे विद्युतीय स्कुटर र मोटरसाइकलमा अब्बल कम्पनीका उदाउने विश्वास सिम्पल इनर्जीले लिएको छ। 

सुरुवाती चरणमा सिम्पल वानको वान स्कुटर करिब १ लाख ९ हजार भारुमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। सो स्कुटरमा ४.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री हुने छ भने वान स्कुटरले एक पटकको फुल चार्जमा २ सय ३६ किलोमिटर रेन्ज दिने छ। त्यस्तै यो स्कुटरमा प्रयोग हुने स्वापएवल ब्याट्रीले भने रेन्ज ३ सय किलोमिटरसम्म बढाउने दाबी कम्पनीले गरेको छ। 

सिम्पल वान स्कुटरमा ८.५ किलोवाटको मोटर रहेको छ जसले ११ बीएचपी पावर र ७२ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै यो स्कुटरमा ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन, राइड मोडलगायत विशेषता उपलब्ध हुनेछ। त्यस्तै यो स्कुटर ४ विभिन्न रंगमा आउनेछ। 

शक्तिशाली र उत्कृष्ट विशेषतासहितको सिम्पल वानका विद्युतीय स्कुटर नेपाली बजारमा समेत आउने सम्भावना धेरै रहेको छ। सिम्पल वानले २ वर्षअघि नै प्रोटोटाइम सार्वजनिक गरेयता विभिन्न व्यवसायिक घरानाहरु उक्त स्कुटर नेपाल ल्याउन छलफलमा छन्। सिम्पल वानले मे २३ मा स्कुटर बजारमा ल्याउने घोषणा गरेसँगै व्यवसायीहरुको सक्रियतासमेत बढेको छ। 


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend