बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

२३० किमि रेन्जसहित एमजी कोमेट ईभी सार्वजनिक 

बुधबार, वैशाख १३ २०८०
२३० किमि रेन्जसहित एमजी कोमेट ईभी सार्वजनिक 

यो विद्युतीय कार ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर उत्पादन गरिएको हो। यो विशेषगरी सिटी कारका रुपमा डिजाइन गरेर बनाइएको कम्पनीको भनाइ छ। 

काठमाडौं- एमजी (मोरिस ग्यारेज)ले सानो आकारको विद्युतीय कार सार्वजनिक गरेको छ। एमजी इन्डियाले बुधबार सिटी विद्युतीय कारका रुपमा भारतीय बजारमा कोमेट सार्वजनिक गरेको हो। 

एमजीले भारतीय बजारमा कोमेटको सुरुवाती मूल्य ७. लाख ९८ हजार भारु तोकेर सार्वजनिक गरेको हो। कोमेट भारतमा हाल बिक्री भइरहेको विद्युतीय कारहरू मध्य सबैभन्दा सस्तो हो। औपचारिक रुपमा सार्वजनिक भएको कोमेटको बुकिङ भने मे १५ देखि हुला हुनेछ। 

एमजी कोमेटरमा १७.३ किलोवाट आवरको लिथियम आयत ब्याट्री प्याक रहेको छ। कोमेटमा रहेको मोटरले ४२ पीएुस वापर र १ सय १० एनएम टर्क जेनेरेट गर्छ। यो कारले एक पटकको फुल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

एमजी कोमेट ३.३ किलोवाटको चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५ घण्टा र सय प्रतिशत चार्ज हुने ७ घण्टा लाग्ने छ।

यो विद्युतीय कार ग्लोबल स्मल इलेक्ट्रिक भेहिकल आर्किटेक्चरमा आधारीत रहेर उत्पादन गरिएको हो। यो विशेषगरी सिटी कारका रुपमा डिजाइन गरेर बनाइएको कम्पनीको भनाइ छ। 

यो मिनी ईभीको फ्रन्टमा आकर्षक एमजी ब्रान्डिङ गरिएको छ भने डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट रहेको छ। कोमेटमा विन्डस्क्रीनको मुनि ओआरभीएम छ भने डुअल-टोन कलर थिम र ठूलो रियर क्वार्टर गिलासको छेउमा क्रोम स्ट्रिप राखिएको छ। 

कोमेट ईभीमा ह्वील कभरसहितको स्टील ह्वील, माउन्ट गरिएको स्टप ल्याम्प, भर्टिकल्ली मिलाइएको टेल लाइटले आकर्षक बनाएको छ। कोमेट ईभीलाई कम्पनीले सेतो, निलो, हरियो, पहेँलो र गुलाबीसहित पाँच रंगमा उपलब्ध गराउने छ।

यसको इन्टेरियरमा सेन्टर कन्सोलमा स्लिक एसी भेन्ट्स, एसी कन्ट्रोलका लागि रोटरी नब, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टमलगायत रहेको छ। कोमेटमा अत्याधुनिक प्रविधिको उल्लेख प्रयोग गरिएको छ। यो कार विलिङको एयर ईभीमा आधारित रहेर बनाइएको हो। एमजी कोमेट केही महिनापछि नेपाली बजारमा आउने अनुमान गरिएको छ। 


प्रकाशित : बुधबार, वैशाख १३ २०८०१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend