सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

फेसबुक कम्पनीको नाम परिर्वतन भएको मार्क जुकरबर्गको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १२ २०७८
फेसबुक कम्पनीको नाम परिर्वतन भएको मार्क जुकरबर्गको घोषणा

काठमाडौं-समाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ।  फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा बनाइएको हो।

फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन्। समाचार संस्था रोयटर्सका अनुसार नयाँ ब्रान्डिङ गर्न फेसबुकले आफ्नो नाम परिवर्तन गरेको जनाएको छ। 

फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ।  

अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन्। मेटाभर्स बनाउनका लागि फेसबुकले यसअघि नै युरोपमा  १० हजार  नयाँ कर्मचारी राख्ने घोषणा गरेको थियो। 


प्रकाशित : शुक्रबार, कात्तिक १२ २०७८०१:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend