आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मध्यमेवा जलविद्युत आयोजनाको लागत १६ अर्ब ४६ करोड

शुक्रबार, वैशाख ८ २०८०
मध्यमेवा जलविद्युत आयोजनाको लागत १६ अर्ब ४६ करोड

काठमाडौं- मध्यमेवा जलविद्युत आयोजनको लागत १६ अर्ब ४६ करोड अनुमानसहितको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सार्वजनिक भएको छ।

मेवा डेभेलपर्स लिमिटेड प्रस्तावक रहेको ७३.५ मेवा क्षमताको आयोजना ताप्लेजुङ जिल्लाको मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा प्रस्ताव गरिएको छ।

प्रस्तावित आयोजना पिक रन अफ रिभर प्रकृतिको रहेको छ। आयोजनाको ग्रस हेड ४७१.४७ मिटर र डिजाइन डिस्चार्च १८.७६ घनमिटर प्रतिसेकेन्ड रहेको छ। 

आयोजनामा डाइभर्जन टनेल, रिजर्भर ड्याम, स्यान्ड ट्रयाप र एप्रोच कल्भर्ट, सेटलिंग बेसिन, हेडरेस टनेल लगायतका संरचनाहरु बनेछन्। 

प्रस्तावित आयोजनबाट उत्पादिन विद्युतलाई सोही आयोजनाको विद्युतगृहबाट १०.७ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँगु/ हांगपांग सब स्टेसनमा जडान हुने छ।

आयोजनाको कुल लागत आईडीसी समेत गरी १६ अर्ब ४६ करोड ७९ लाख ५५ हजार ६ सय ६४ रुपैयाँ रहेको छ। आयोजनाबाट उत्पादन हुने विजुलीको प्रतिमेगावाट लागत भने २० करोड १८ लाख ५० हजार २ सय ८७ रुपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००१:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend