आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

निजी क्षेत्रले उत्पादन गरेको दुईसय मेगावाट बिजुली भारतीय कम्पनीले खरिद गर्ने सम्झौता

मंगलबार, वैशाख ५ २०८०
निजी क्षेत्रले उत्पादन गरेको दुईसय मेगावाट बिजुली भारतीय कम्पनीले खरिद गर्ने सम्झौता

काठमाडौं- नेपालका निजी क्षेत्रसँग भारतीय कम्पनीहरूले २ सय मेगावाट बिजुली खरिद गर्ने भएका छन्।

नेपालका निजी ऊर्जा उत्पादकहरूसँग २ सय मेगावाटसम्मको बिजुली खरिद गर्नेगरी भारतीय कम्पनीहरूसँग समझदारी भएको हो। मंगलबारबाट सुरु भएको दुईदिने ऊर्जा सम्मेलन, २०२३ का क्रममा उक्त समझदारी गरिएको हो।

समझदारी हुने आयोजनामा १०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबेल इनर्जी प्रालि र भारतको मानिकरण पावर, ८५ मेगावाटको कसुवाखोला निर्माणकर्ता कसुवाखोला हाइड्रो पावर लिमिटेड र मानिकरणसँग विद्युत व्यापार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो। थप, विद्युत व्यापारका लागि संलग्न अर्को आयोजनाको भने नाम खुलाइएको छैन।

समझदारीअनुसार बिजबेल इनर्जीले हुम्लामा निर्माण गरिरहेको १०३. ५ मेगावाट क्षमताको चुवा खोला आयोजनाबाट उत्पादन हुने विद्युत भारतीय कम्पनी मणिकरणले खरिद गर्नेछ।

समझदारी पत्रमा बिजबेल इनर्जीको तर्फबाट प्रबन्ध निर्देशक सुशिल पोखरेल र नेपाल पावर एक्सचेञ्ज कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग तथा मणिकरणको तर्फबाट कम्पनीका निर्देशक प्रविण अब्राहमले हस्ताक्षर गरेका हुन।

समझदारीअनुसार नेपाल पावर एक्सचेञ्ज कम्पनीले विद्युत खरिद कम्पनी मणिकरण र विक्री गर्ने कम्पनी बिजबेलबीच खरिदविक्रीको लागि मध्यस्थताको रुपमा काम गर्नेछ। सम्मेलनमा मणिकरण र कसुवा खोला जलविद्युत् आयोजनाबीच पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend