सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल आयोजनामा १२ वर्षमा २८ अर्ब ४६ करोड खर्च, कहाँ कति खर्च?

आइतबार, वैशाख ३ २०८०
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल आयोजनामा १२ वर्षमा २८ अर्ब ४६ करोड खर्च, कहाँ कति खर्च?
सांकेतिक तस्बिर।

आयोजनाको लागि आवश्यक जग्गा प्राप्तिमा समस्या, सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमनको कमी, कोभिड-१९ लगायतका कारणले आयोजनाहरूको भौतिक प्रगति न्यून रहेको जनाइएको छ।

काठमाडौं- पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुल ९ सय ४६ किलोमिटर रेल मार्ग निर्माण एवं सञ्चालन आयोजनाको काम सुरु भएको १३ वर्ष भइरहेको छ। तर अहिलेसम्म यो आयोजनाले २८ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ मात्रै खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुल ९ सय ४६ किलोमिटर रेल मार्ग निर्माण एवं सञ्चालनको लक्ष्यसहित रेल, मेट्रो तथा मोनोरेल विकास आयोजना २०६६/०६७ देखि सुरू भएको हो।

यस आयोजनाको कुल लागत ९ खर्ब ५५ अर्ब २२ करोड रहेको छ।  अहिलेसम्म यो आयोजनमा कुल २.९८ प्रतिशत खर्च  भएको छ।

आयोजनाले ५२ किलोमिटर नयाँ ट्रयाकबेड र ५ पुल तथा ५६ किलोमिटर रेलमार्ग पुनर्स्थापना गरी जयनगरदेखि जनकपुर कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालनमा ल्याएको  महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

आयोजनाको लागि आवश्यक जग्गा प्राप्तिमा समस्या, सम्झौता कार्यान्वयनको प्रभावकारी अनुगमनको कमी, कोभिड-१९ लगायतका कारणले आयोजनाहरूको भौतिक प्रगति न्यून रहेको जनाइएको छ।

लागत-लाभ विश्लेषण, सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति, वातावरणीय प्रभाव अध्ययन जस्ता पूर्व तयारी चरणका कार्यहरू सम्पन्न नगरी आयोजनाहरू कार्यान्वयनमा लैजाँदा कार्यान्वयन चरणमा विविध समस्या सिर्जना हुन गई उल्लेख्य रूपमा समय एवं लागतसमेत वृद्धि भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८००४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend