आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

७५ करोड महसुल नतिरेपछि विद्युत प्राधिकरणले काटिदियो सोना सिमेन्ट उद्योगको बिजुली

शुक्रबार, वैशाख १ २०८०
७५ करोड महसुल नतिरेपछि विद्युत प्राधिकरणले काटिदियो सोना सिमेन्ट उद्योगको बिजुली

काठमाडौं- सोना सिमेन्ट प्रालिले प्राधिकरणको बक्यौता नतिरेपछि प्राधिकरणले बिजुलीको लाइन काटिदिएको छ। सोनापुर मिनरल्स एन्ड वाईल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्राधिकरणको नेपालगञ्ज शाखाले दाङमा रहेको उद्योगको बिजुली काटेको हो। प्राधिकरणलाई तिुनपर्ने ७४ करोड ५९ लाख रुपैयाँ तिर्न अटेर गरेपछि लाइन काटिएको हो। उद्योगले विगतको डेटिकेटेड लाइनमार्फतको ३२ करोड ९४ लाख र त्यसपछिको ४१ करोड ६६ लाख बक्यौता बाँकी रहेको थियो।

उक्त रकम नतिरेपछि प्राधिकरणले बिजुली काटेका हो। नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेका अनुसार रकम तिर्न अटेर गरेपछि बिजुली आपूर्ति बन्द गरिएको हो। 


प्रकाशित : शुक्रबार, वैशाख १ २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend