बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

काठमाडौंमा सुरू भयो उद्योग वाणिज्य महासंघको महाधिवेशन

images
मंगलबार, चैत २८ २०७९
images
काठमाडौंमा सुरू भयो उद्योग वाणिज्य महासंघको महाधिवेशन

यो साधारणसभा तथा महाधिवेसनबाट वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वत: महासंघको अध्यक्ष हुनेछन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधारणसभा तथा नेतृत्व चयनको महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ।

images
images
images

तीन दिनसम्म चल्ने नेतृत्व चयनको महाधिवेशनको उद्घाटन मंगलबार काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेका हुन्।

images
images

देश आर्थिक मन्दीमा रहेको बेला हुन लागेको महासंघको नेतृत्व चयनको महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ। महासंघको नेतृत्व चयनका लागि २१ सय भन्दा बढी व्यवसायीले मतदान गर्नेछन्।

images
images
images

नेपालभर संगठन सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघको चुनावले एकैपटक देशभरका व्यवसायीलाई तरंगित बनाउँछ। प्रभावशाली प्रतिनिधमूलक संस्थाको नेतृत्वमा पुग्न चाहने हरेक व्यवसायी चुनावमा प्रतिस्पर्धी हुन्छन्। यसअघिका चुनावमा जस्तै यसपटक पनि प्यानल नै बनाएर चुनावमा होमिने भएका छन्। 

यो साधारणसभा तथा महाधिवेसनबाट वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वत: महासंघको अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष हुने छन्। ढकाल ५४ औं साधरण सभा तथा नेतृत्व चयनको महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए। उनले ५४ औं साधरण सभामामा व्यवसायी किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष भएका थिए।

यसपटक तीनवटा प्यानल बनेका छन्। वरिष्ठ उपाध्यक्षका लागि वर्तमान वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, ५४ औँ साधरण सभामा वस्तुगत उपाध्यक्षमा नै निर्वाचन हारेका उमेशलाल श्रेष्ठ र वर्तमान एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई प्रतिस्पर्धामा छन्। 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend